अष्ट्रेलियाको सिड्नीमा नेपग्याजम 'कमेडी नाइट'

काठमाडौँ- गाईजात्राको अवसर पारेर अष्ट्रेलियाको सिड्नीमा नेपग्याजम कमेडी नाईट आयोजन हुने भएको छ । आगामी सेप्टेम्बर ३ मा सिड्नीको अबर्नस्थित सफायर फङ्सन सेन्टरमा थ्री बिज इन्टरटेन्मेन्टले नेपग्याजम कमेडी नाईट आयोजना गर्न लागेको हो ।
कार्यक्रममा कमेडियन लेखमणी त्रिताल (रमेश अंकलको छोरो), उमेशकुमार गौतम (युकेजी), रुपक बुढाथोकी, रोहन सिलवाल, म्याक्स बाबु, बिजयजंग थापा लगायतका कलाकारहरुको प्रस्तुती रहने छ ।
नेपाली कला संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यका साथ विदेशी भूमिमा रहेका नेपालीलाई मनोरञ्जन दिनसमेत कमेडी नाइटको आयोजना गर्न लागिएको आयोजक संस्था थ्री बिज इन्टरटेन्मेन्टले जनाएको छ । गाईजात्रा र बुवाको मुख हेर्ने पर्वलाई लक्षित गरेर आयोजना गर्न लागिएको कार्यक्रमको प्रमुख प्रायोजक गोर्खा ज्वेलरी रहेको छ ।
कार्यक्रमका लागि टिकटको मूल्य २२ डलर कायम गरिएको छ । विद्यार्थी लक्षित गरेर टिकटको मूल्य निर्धारण गरिएको आयोजक संस्थाका संस्थापक सन्दिप चौधरीले जानकारी दिए ।
नेपग्याजम युवापुस्ताद्धारा अत्याधिक रुचाईएको कमेडी च्यानल हो । नेपग्याजमका कमेडियन युकेजी र त्रितालले विगतमा सगरमाथाको कालापत्थरमा पुगेर आफ्नो कमेडी कला प्रस्तुत गर्दै विश्वको अग्लो स्थानमा स्ट्याण्डअप कमेडी गरेको रेकर्ड गिनिज बुक अफ वर्ल्डमा लेखाएका थिए । नेपग्याजम आबद्ध कमेडीयनहरुले देश तथा विदेशमा आफ्ना कमेडीयन कलाकारहरुमार्फत विभिन्न अवसर पारेर आफ्ना प्रस्तुतिहरु पस्कँदै आइरहेका छन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया