पर्यटनको विकासका लागि आवश्यक पूर्वाधार निर्माणका कार्यहरू सरकारको उच्च प्राथमिकतामा छ : प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले पर्यटनको विकासका लागि आवश्यक पूर्वाधार निर्माणका कार्यहरू सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद ऐनबहादुर शाही ठकुरीको प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले त्यस्तो बताएका हुन् ।
आसन्न चीन भ्रमणका क्रममा चीन र नेपालबीच नयाँ व्यापारिक नाका खोल्ने विषयमा छलफल हुने कुरा समेत उनले जानकारी गराएका छन् ।
त्यस सन्दर्भलाई जोड्दै आसन्न चीन भ्रमणमा मुगुको नाग्चे लाग्नाका विषयमा कुरा उठाउने समेत जानकारी गराए ।
प्रधानमन्त्रीले रारा लगायतका पर्यटकीय स्थलको विकासका कार्य संघीय स्राेतबाट सञ्चालन हुने बताए ।
कार्यक्रमका अतिरिक्त प्रदेश र स्थानीय तहबाट समेत आ–आफ्ना कार्यक्षेत्रमा रहेर पूर्वाधार निर्माण तथा पर्यटन प्रवर्द्धनका कार्यहरू सञ्चालनमा रहेको जानकारी समेत गराएका छन् ।
नाग्मा गंगडी र नाग्चे लाग्नाका सडकलाई उच्च प्राथमिकतामा राख्दै विभिन्न खण्डमा काम भइरहेको जानकारी समेत सदनलाई गराएका छन् ।

लोकतन्त्रका लागि लडेर आएकाले यसको रक्षार्थ कटिबद्ध छौँ : प्रधानमन्त्री ओली

राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त

एमाले पोलिटव्यूरो बैठक शनिबार बस्नेगरी सकियो

मुक्तकमैयाका समस्या समाधान गर्न तीनै तहका सरकार लाग्नुपर्छः मुख्यमन्त्री शाह

साहित्यकार तथा कलाकारहरू माओवादी केन्द्रमा प्रवेश

वामदेव गौतम एकीकृत समाजवादीमा समाहित हुँदै, आज एकता घोषणा

पर्यटन बोर्डका पूर्वसीईओ रेग्मी रास्वपा प्रवेश

प्रतिक्रिया