शुक्रबार ०२ साउन, २०८२
Friday, July 18, 2025

गंगामायाको उपचारको सरकारले ३७ लाख रुपैयाँ उलब्ध गराएको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छोराको हत्याराको कारबाहीको माग गर्दै आमरण अनसन बसेका गोरखाका नन्दप्रसाद अधिकारीकी पत्नि गंगामायाको उपचारका लागि सरकारले ३७ लाख ४७ हजार रुपैयाँ उपलब्ध गराएको बताएका छन् । मंगलबार प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा सांसद् एकनाथ ढकालले सोधेको प्रश्नको उत्तर दिने क्रममा प्रचण्डले यस्तो बताएका हुन् ।

 ‘संक्रमणकालीन न्याय यथाशिघ्र सम्पादन गर्न नेपाल सरकार प्रतिबद्ध रहेको  छ,’ उनले भने, ‘संक्रमणकालीन संघीय सदनमा दर्ता भएको विद्येयक पारित भएसँगै संक्रमणकालीन न्यायका मद्दाहरु सम्बोधन हुने कुरामा नेपाल सरकार विश्वस्थ रहेको  छ ।’

उनले अगाडि भने, ‘प्रचलित कानुनको अधिनमा रहि नेपाल सरकार र अन्तर्गतका निकायबाट गंगामाया अधिकारीलाई मानविया सेवा प्रधान र संरक्षणका अधिकारका कार्य भइरहेको छ । अस्पतालको विवरण अनुसार निजको स्वास्थ्य अवस्था सामान्य नै रहेको र उपचारको लागि सरकारले रु ३७ लाख रुपायाँ ४७ हजार रुपैयाँ उपलब्ध गराएको पनि जानकारी गराउँछु ।’