कैलालीमा एक जनामा देखियाे हैजाको संक्रमण

कैलाली- कैलालीमा हैजाको संक्रमण फेला परेको छ । भदौ १० गते कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको माइक्रोबायोलोजी प्रयोगशालामा परीक्षण गर्दा हैजाको संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय कैलालीका निमित्त कार्यालय प्रमुख तथा सूचना अधिकारी तेजविक्रम शाहीका अनुसार भारतको दिल्लीबाट भदौ ५ गते कैलाली आएकी गौरीगङ्गा नगरपालिका–११ मसुरियाकी ३३ वर्षीया महिलामा उक्त संक्रमण पुष्टि भएको हो ।
भारतबाट आएपछि उनको स्वास्थ्यमा समस्या आएकोमा उनी स्थानीय स्वास्थ्य चौकीमा गएकी थिइन् । त्यहाँका चिकित्सकले शंकास्पद ठानेर भदौ ९ गते सेतीमा पठाएका थिए । पछि सेतीमा परीक्षण गर्दा उनमा संक्रमण फेला परेको हो । अहिले धनगढीस्थित एक निजी अस्पतालमा उनको उपचार भइरहेको छ ।

कैलाली भन्सारमा आठ अर्ब ६६ करोड ९८ लाख राजस्व सङ्कलन

टीकापुरमा प्लाष्टिकका झोला प्रयोगमा प्रतिबन्ध

डोटीका ११.६८ प्रतिशत नागरिक मात्रै स्वास्थ्य बिमाको पहुँचमा

टोटीखोलाको पुल जीर्ण, जोखिम मोलेर हिँड्नुपर्ने बाध्यता

घाँस काट्न गएका वीरेन्द्रको मृत्यु

पाँच करोडको लगानीमा बन्धातालमा पूर्वाधार निर्माण गरिँदै

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुर्लभ सुनौलो तोपचराको सङ्ख्या घट्यो

प्रतिक्रिया