यो मितिमा आउने भयो ‘मनी हेइस्ट’को अन्तिम सिजन

लसएन्जल्स : नेटफ्लििक्सको बहु चर्चित सिरिज ‘मनी हेइस्ट’को अन्तिम सिजन दुई भागमा आउने भएको छ । सोमबार साँझ टिजर सार्वजनिक गर्दै नेटफ्लििक्सले अन्तिम भाग दुई भोल्युममा आउने जानकारी गराएको हो ।
समाचारअनुसार पहिलो भाग सेप्टेम्बर ३ मा रिलिज हुनेछ भने दोस्रो भाग डिसेम्बर ३ मा रिलिज हुनेछ । सिरिजका जन्मकर्ता अलेक्स पिनाले अन्तिम भाग विशेष बनाउने अभिप्रायले थप काम गरेको बताएका छन् ।
‘जब हामीले महामारीकै बीचमा पनि ५ औं सिजनको काम गर्न थाल्यौं महसुस भयो कि १० भागमा हामीले जेजति गर्यौं त्यो परिवर्तन गर्नुपर्छ । हामीले यसको पहिलो भोल्युम पूरा समूहलाई एउटा डोरीमा उनेका छौं । दोस्रो भोल्युममा भने हामीले चरित्रको भावनालाई उतार्ने जमर्को गरेका छौं,’ पिनाले भनेका छन् ।
‘मनी हेइस्ट’ नेटफ्लििक्सको सबैभन्दा चर्चित सिरिज मानिन्छ । यसका चारै सिजनले रेकर्ड तोड दर्शक पाएका थिए । नेटफ्लििक्सले ५ औं सिजनको यो सिरिजको अन्तिम सिजन रहने जनाएको छ ।

गायन सम्राट रामकृष्ण ढकालको आक्रोश: ‘अति भयो, सहनै सकिएन !’

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

प्रतिक्रिया