सोमबार ३० असार, २०८२
Monday, July 14, 2025

वीरगञ्जको ईमृती खोलामा महिलाको बेवारिस शव फेला

फाइल फाेटाे

काठमाडाैँ –  पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–४ वीरगञ्ज  ठोरी हुलाकी सडक खण्डमा लगभग ४ फिट ७.५ इन्च  मध्यम शरीरको बनौट भएको बेवारिस शव फेला परेको छ ।   

मंगलबार करिब सात बजे जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कोमल शाह समेतको अनुसन्धान अधिकृत टोलीले फिका हरियो  कुर्था र क्रिम रंगको हरियो रंगको सुरुवालकाे पहिरन र देब्रे खुट्टामा  रातो हरियो र पहेलो रंगको मोटो धागो बाँधेको पाइएकाे प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी गराए ।

 यसका साथै थप अनुसन्धान कार्य भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी गराए  ।