आइतबार २२ असार, २०८२
Sunday, July 06, 2025

रुपन्देहीका तत्कालीन डिएसपी ठगबहादुर केसीविरुद्द भ्रष्टाचार मुद्दा

काठमाडौँ–अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रुपन्देहीका तत्कालीन डिएसपी ठगबहादुर केसीविरुद्द भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले बुधबार विशेष अदालतमा दायर गरेको मुद्दामा केसीलाई १८ लाख बिगो जरिवाना गरि कैद सजाय माग गरिएको छ । 

रुपन्देहीका तत्कालीन कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक के.सी.ले बुटवल उपमहानगरपालिका वडा नं. ५ हाटबजार नजिकबाट ३४ तोला २१ लाल ७ प्वाईन्ट सुन लिएर आफू कार्यरत कार्यालयका अन्य जिम्मेवार कर्मचारीलाई कुनै जानकारी नगराई आफैँले सुन जिम्मा लगाएको कागज गर्न लगाई सुन फिर्ता नदिई घुस खाने नियतले १५ दिनसम्म आफैँसँग गोप्य राखेका थिए ।

सेवाग्राहीसँग अन्य व्यक्तिमार्फत घुस/रिसवतको मोलमोलाई गरी नगद ९ लाख ५० हजार रुपैयाँ र ९ लाख ५० हजार रुपैयाँको चेकसमेत गरी जम्मा १८ लाख रुपैयाँ घुस लिएको आयोगले आरोप लगाएको छ ।