‘नाङ्गो गाउँ’ मा दयाकी ‘ सुन्दरी’ मिरुना

काठमाडौँ- नायक दयाहाङ राई र नायिका मिरुना मगरको जोडी नेपाली फिल्म क्षेत्रमा पछिल्लो समय सर्वाधिक रुचाइएको जोडी हो । यो जोडीले अभिनय गरेको तेश्रो फिल्म ‘नाङ्गो गाउँ’ भदौको २९ गतेबाट रिलिज हुँदैछ ।
फिल्ममा समावेश एक गीत सार्वजनिक भैसकेको छ । फिल्मको टिजर र ट्रेलरले दर्शकमाझ चर्चा कमाएको छ । यसैबिच, यसको निर्माणपक्षले फिल्म रिलिजका लागि ३ हप्ता बाँकी रहेको समयमा एक रोमान्टिक गीतको भिडियो छायांकन गरेको छ ।
३ दिन लगाएर चित्लाङका रमणीय स्थानमा खिचिएको भिडियोमा दया र मिरुना रोमान्टिक देखिएका छन् । ‘सुन सुन सुन्दरी’ बोलको गीतमा अन्जु पन्त र एस डी योगीको स्वर, सुष्मा सिग्देलको शब्द र सुशान्त गौतमको संगीत छ ।
रामजी लामिछानेले कोरियोग्राफी गरेको भिडियोमा आलोक शुक्लाको छायांकन छ । यो फिल्मको लेखन तथा निर्देशन दीपेन्द्र लामाले गरेका हुन् । निर्देशक लामाले केही दिनमै गीतको भिडियो सार्वजनिक गर्ने बताए ।
फिल्मका मुख्य २ कलाकार दया र मिरुना अर्को एक फिल्ममा व्यस्त भएकाले यो फिल्मको प्रचारमा समय दिन पाएका थिएनन् । अब, उनीहरुले पूर्ण रुपमा यो फिल्मको प्रचारमा समय दिने निर्मापक्षले बताएको छ । हिमाल शर्माको प्रस्तुतिमा तयार भएको यो फिल्ममा जय श्रेष्ठको लगानी छ । फिल्मका कार्यकारी निर्माता रामहरि श्रेष्ठ हुन् । यो फिल्ममा बनिष शाहको सम्पादन छ ।
यो फिल्ममा दयाहाङ राई, शिशिर वाङ्देल, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, मिरुना मगर, बुद्दि तामाङ, रविन्द्र झा, विशाल पहारी, राज थापा, कमलमणि नेपाल, अंकित खड्का, पुष्कर गुरुङ लगायतका कलाकारको अभिनय छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया