जसपामा एक व्यक्ति, एक पद र एक समितिको व्यवस्था लागू हुने

काठमाडौँ- जनता समाजवादी पार्टी, (जसपा) नेपालमा एक व्यक्ति, एक पद र एक समितिको व्यवस्था कडाइका साथ लागू गरिने भएको छ । पार्टीका कुनै सङ्गठन, विभाग या पदाधिकारीमा पनि एक व्यक्ति एक पदको मान्यतालाई कायम गरिने भएको सो पार्टीले जानकारी दिएको छ ।
हाल पार्टीले सञ्चालन गरेको तीन महिने सङ्गठन विस्तार तथा सुदृढीकरण अभियानको मुख्य कार्य पार्टीलाई वैचारिक र राजनीतिकरूपले सक्षम बनाउनु र पार्टीगत समितिलाई विधानले व्यवस्था गरे बमोजिमको पदाधिकारी र सदस्य सङ्ख्यामा सीमित गरी गठन, पुनर्गठन र रूपान्तरण गर्नु रहेको पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
उनका अनुसार जसपाले पार्टीको अधिकार पार्टी सदस्यमा निहीत रहने व्यवस्था गरेको छ । सोअनुसार पार्टीका प्रादेशीक संरचनले पनि आफ्नो क्षेत्राधिकारभित्रका काम आफै गर्न सक्ने भएकाले एक व्यक्ति, एक पद र एक समितिमा रहेरै काम गर्नुपर्ने व्यवस्था गरिएको हो ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया