भ्रष्टाचारविरुद्ध अभियानमा प्रधानमन्त्रीलाई सहयोग गर्छु : विप्लव

सुर्खेत- नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भ्रष्टाचारविरुद्ध लड्न साथ दिने बताएका छन् । समाजवादी मोर्चाले बिहीबार कर्णाली प्रदेशको सुर्खेतमा आयोजना गरेको सभामा बोल्दै उनले भ्रष्टाचारविरुद्धको अभियानमा सरकारलाई सहयोग गर्ने बताएका हुन् ।
उनले संसदीय व्यवस्था त्याग्दै वैज्ञानिक समाजवादको दिशा तय गर्नुपर्ने पनि जिकिर गरे । प्रतिगामी र पश्चगामी तत्त्वहरूले नेपाली जनतामा भ्रम फिजाइरहेको बताउँदै उनले यही परिस्थितिलाई ध्यानमा राख्दै सुसंगठित मोर्चा आवश्यक ठानेर समाजवादी मोर्चा बनाएको उल्लेख गरे ।
‘क्रान्तिबाट हासिल भएको परिवर्तनको रक्षा गर्नु, देशलाई २१ औं शताब्दीमा उपनिवेशमा पार्न खोज्ने तत्त्वविरुद्ध लड्न स्वाधीनताको रक्षा गर्नु मोर्चाको प्रमुख उद्देश्य हो,’ उनले भने । सामन्तवादलाई पछारे पनि जनयुद्धको सपना पूरा नभएको उनकाे भनाइ छ । ‘आजको क्रान्तिको रक्षा र क्रान्तिको पूर्णताका लागि समाजवादी मोर्चा बनेको हो । आजको संसदीय व्यवस्था रहेसम्म नेपाल सफल हुन सक्दैन,’ उनले भने ।
नेपाललाई यहाँसम्म पुर्याउने माओवादी नै रहेको विप्लवकाे दाबी छ । 'नेपाली जनताको त्याग र नेताहरूको योग्दानले मुलुक परिवर्तन भएको छ,’ उनले भने, ‘मोर्चाभित्रका दलका आफ्नै उद्देश्य छन्, तर विश्व राजनीतिक ध्रुवीकरणले नेपालमा प्रभाव पार्दैछ । यसले देशमा जटिल परिस्थिति निम्त्याएको छ ।’

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया