मंगलबार १७ असार, २०८२
Tuesday, July 01, 2025

श्रृजनशील उद्यमी मेला आजबाट सुरु

काठमाडौँ- महिला श्रृजनशील केन्द्रको आयोजनामा श्रृजनशील उद्यमी मेला शुक्रबारबाट काठमाडौँमा सुरु भएको छ ।

श्रृजनशील महिलाको एउटै नारा, उद्धम गरौँ, बनौँ आत्मनिर्भर भन्ने नाराका साथ काठमाडौँको दरबारमार्गस्थित होटल अन्नपूर्णमा आयोजना गरिएको उद्यमी मेला भाद्र १७ गतेसम्म चल्ने महिला श्रृजनशील केन्द्रकी अध्यक्ष मिलु थापाले जानकारी दिइन् ।

मेलामा विशेषतः घरेलु तथा हस्तकलाका सामग्रीहरूको प्रदर्शनी, तीज विशेष खानाका परिकारहरू, महिला उद्यमशीलता र वित्तीय पहुँचसम्बन्धी अन्तरक्रिया लगायतका कार्यक्रम राखिएको उनले बताइन् ।

महिलाहरूले उत्पादनका वस्तुहरूको सहज रूपमा बजारीकरण गर्न र महिला उद्यमीहरूलाई प्रोत्साहन गर्न मेलाको आयोजना गरिएको उनको भनाइ छ ।

८० भन्दा बढी स्टल रहेको मेलाको दश हजार बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा रहेको छ ।