सुदूरपश्चिम एमाले संसदीय दलको बैठक स्थगित

धनगढी : नेकपा (एमाले) को स्थायी कमिटीको बैठकले सुदूरपश्चिम प्रदेशको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपछि आजका लागि बोलाइएको सुदूरपश्चिम आपसी विवादपछि स्थगित भएको छ । आज स्थगित भएको दलको बैठक बुधबार बिहान साढे ८ बजे बोलाइएको एमाले संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङले जानकारी दिए ।
उनले बैठकमा एमालेका सबै सदस्यलाई खबर गरिएको जानकारी दिए । आजको बैठकमा नेता माधकुमार नेपाल समूहका सांसदलाई मात्रै खबर खरिएको थियो । बुधबार हुने बैठकमा आफूहरूलाई पनि खबर आएको संस्थापन पक्षका सांसद एवं एमाले कैलालीका अध्यक्ष रतन थापाले जानकारी दिए ।
नेता भीमबहादुर रावलनिकट भएका कारण दलको नेता अहिलेकै सरकारलाई समर्थन दिने मनसायमा रहेको नेपाल समूहकै केही नेताहरू बताउँछन् । तर, केही नेपाल पक्षकै केही सांसदहरू भने पार्टी केन्द्रको निर्देशन पालना गर्नुपर्नेमा जोड दिइरहेका छन् । (रासस)

बागमती प्रदेशसभाको आगामी बैठकमा आर्थिक सर्वेक्षण पेस हुने

बाढीको जोखिम टार्न समयमै तटबन्ध निर्माण गर्न मन्त्री खड्काको प्रतिबद्धता

सदनको गतिरोध अन्त्य गर्न दलहरु समझदारी नजिकः सचेतक बर्तौला

रासायनिक मलको अनुदानका लागि बजेट अपुग छ : मन्त्री अधिकारी

चौध वर्षदेखि अल्झिएको मूआब्जाको गाँठो फुकाइँदै

राज्यको चौथो अङ्गमा महिलाको पहुँच र भूमिका अझै न्यून : पूर्वराष्ट्रपति भण्डारी

आज पनि प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक भोलि

प्रतिक्रिया