स्वस्तिमा र मुकुनको ‘ऐँचो पैँचो’ नियति, पोस्टरमा अगाडि चर्चामा पछाडि

काठमाडौँ - ‘ऐँचो पैँचो’ रिलिजअघि जताततै स्वस्तिमा खड्का छाएकी थिइन् । टिजर, गीत, ट्रेलर जताततै स्वस्तिमाका फुटेज थिए । मिडिया पनि उनकै मात्र खोजीमा हुन्थ्यो । स्वस्तिमा जत्तिकै होइन, लगभग त्यही अवस्था मुकुन भुसालको पनि थियो । ‘बुलबुल’मा हिट भएको जोडी भएका कारण यो फिल्ममा पनि धेरैको आश मुकुन– स्वस्तिमामै थियो ।
निर्माण टिमले पनि फिल्मको युएसपी (युनिक सेलिङ प्वाइन्ट) यही मानेको थियो । त्यसैले पोस्टरमा सबैभन्दा अगाडि स्वस्तिमा थिइन् अनि मात्र अरु । विचरा वर्षा राउत र सुशील सिटौला त अन्तिममा । टिजर र टेलरमा पनि यही हाल थियो । तर रिलिज पछाडि यो समीकरण बदलिएको छ । रिलिजपछि प्रचार सामाग्रीमा पछाडि पारिएका वर्षा राउत र सुशील सिटौलाकै अभिनयको मात्र चर्चा छ ।
प्रिमियरमा हेर्नेदेखि टिकट काटेर हेर्नेसम्मले वर्षा र सुशीलको अभिनयको प्रशंसा गरेका छन् । वर्षाले सोझी युवतीको रुपमा मन खाने अभिनय गरेको भन्दै तारिफ पाइरहेकी छिन् भने सुशीलले पनि फेरि एक पटक राम्रो कलाकार भएको प्रमाण पेश गरेको चर्चा छ । तर पहिले जताततै छाएका स्वस्तिमा र मुकुन भने रिलिज पछि ओझेलमा परेका छन् । न उनीहरुको अभिनयको चर्चा भएको छ न चरित्रको । अझ ‘बुलबुल’को जस्तो केमेस्ट्री आश गरेर गएका दर्शक त जिल्लै परेका छन् ।
अब यसलाई समय समयको कुरा त भन्ने होला नी । हिजो अगाडि हुने आज पछाडि अनि पछाडि हुने अगाडि ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया