‘जेलर’का दानी निर्माता : रजनीकान्तलाई १ करोड र निर्देशकलाई डेढ करोडको उपहार

काठमाडौँ - ‘जेलर’ निर्माताले फिल्मले बम्पर कमाइ गरेपछि यसको महत्वपूर्ण हिस्सा निर्देशक र अभिनेता रजनीकान्तलाई पनि बाँडेका छन् । फिल्मका निर्माता कलानिथी मारनले रजनीकान्तलाई १ करोडको गाडी उपहार दिएका छन् भने निर्देशक नेल्सनलाई डेढ करोडको कार उपहार दिएका छन् ।
फिल्मले विश्वभरबाट ६ सय करोड बढी कमाइ गरेपछि निर्माताले रजनीकान्तको घर गएर रोज्जा गाडी छान्न आग्रह गरेका हुन् । निर्माताको आग्रहमा रजनीले बीएमडब्ल्यू एक्स सेभेन छानेका थिए ।
उता फिल्मका निर्देशकलाई भने निर्माताले दुइटा कार उपहार दिएको समाचारमा उल्लेख छ । रजनीकान्तको मुख्य भूमिका रहेको फिल्म अगस्ट ११ मा रिलिज भएको थियो । तेलगुमा ‘भोला शंकर’ र हिन्दीमा ‘गदर २’सँग जुधेको फिल्मले अहिलेसम्म ५ सय ६४ करोड नेट कमाइ गरेको छ ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया