बुख्याचा सरकारले एमालेविरुद्ध षडयन्त्र गरिरह्याे : केपी ओली

बुटवल- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका नामको बुख्याचा सरकारले एमालेविरुद्ध षडयन्त्र गरिरहेको आरोप लगाएका छन् । बुटवलमा शनिबार आयोजित एमाले लुम्बिनी प्रदेश अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
ओलीले प्रतिक्रियावादी शक्तिले सजिलै एमालेलाई अगाडि बढ्न नदिने जिकिर गरे । एमाले नेतृत्वको सरकारले गरेको विकास देखेर उनीहरू आत्तिएको बताउँदै ओलीले वामपन्थी खोल ओढेकाहरूको सहारामा सरकार ढालेको आरोप लगाए ।
भ्रष्टाचार नियन्त्रणका नाममा सरकारले राष्ट्रिय पुँजीपतिलाई आतंकित बनाएको आरोप ओलीकाे छ । आफूविरुद्ध यति यति भन्ने गरिएको जिकिर गर्दै उनले यतिबारे छानबिन गर्न चुनौती दिए ।
ओलीले देशको जमिन अरुलाई दिने अधिकार प्रचण्डलाई नभएको बताए । आफ्नो नेतृत्वमा सरकार हुँदा उच्चतम विकास भएको दाबी गर्दै उनले अहिले जतासुकै विनाश मात्र देखिएको बताए ।
उनले भने, ‘गेरू बस्त्र धारणम्, मुर्राभैसी ताननम् । विदेश जाने मान्छे बढेका बढ्यै छन् । रेमिट्यान्स घटेको छ, राजश्व घटेको छ ।’ एमालेको सरकार बन्यो भने एक हप्तामा डबल राजश्व उठाउने उनले दाबी गरे ।
ओलीले विरोधीहरूलाई देखाउनका लागि एकताबद्ध भएर जान जरुरी रहेको बताए । उनले नेताहरू सबैसँगै बसेर सबैलाई चित्त बुझ्ने गरी मिलाएर नेतृत्व चयन गर्न आग्रह गरे ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया