पेप्सीकोलामा सवारी दुर्घटना अपडेट : एकको मृत्यु, ९ जना घाइते

काठमाडौँ- काठमाडौँको छाप्रोमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।
आइतबार बिहान करिव ७ बजेतिर जडीबुटीबाट पेप्सीकोलातर्फ जाँदै गरको बा ३ ख ४८४८ नम्बरको यात्रुवाहक बस र विपरित दिशाबाट आउँदै गरेको बा ६ च ५३४२ नम्बरको बोलेरो जिप एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
यसैगरी बस पल्टिएर बसले कुल्चिँदा वागमती प्रदेश ०२ प ५३११ नम्बरको स्कुटर र वागमती प्रदेश ०२ प ४८३८ नम्बरको मोटरसाइकलमा समेत क्षति पुगेको छ । जसमा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने स्कुटरमा सवार दुई जना महिला घाइते भएका छन् ।
मृत्यु हुनेमा जिल्ला सर्लाही शान्तिटोल–१ का २१ वर्षीय राज भट्टराई रहेको खुलेको छ । स्कुटरमा सवार महिला सशस्त्र प्रहरी कर्मचारी रहेको र स्कुटर चालक सामान्य घाइते भएको र पछाडि सवार एक जना गम्भीर घाइते भएको सहायक निरीक्षक रविचन्द्र पुडासैनीले बताउनु भयो ।
बोलेरोमा सवार ५ जना विद्युतका कर्मचारी रहेको प्रहरीले जनाएको छ । उनीहरुको पेप्सीकोलास्थित मदरल्याण्ड अस्पतालमा उपचार भइरहेको छ । अन्यको मिनभवनस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । बिहान केही समय अवरुद्ध सडक अहिले सुचारु भइसकेको छ ।

झौखेलका पाँच खानेपानी उद्योगलाई प्रतिबन्ध

सडक दुर्घटना कम गर्न सडक सङ्केत राख्दै काठमाडौँ महानगर

गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधन

गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

नक्कली नोटसहित दुई जना पक्राउ

दिदीबहिनी मृत फेला

चितवन राष्ट्रिय निकुञ्ज : वन्यजन्तुको आक्रमणबाट एक वर्षमा ११ जनाको मृत्यु

प्रतिक्रिया