शाओमीले रोमाञ्चक अफरहरूका साथ ल्यायो ‘ स्योर-सट सेप्टेम्बर मेला’

काठमाडौँ– ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आजबाट सुरु हुने गरी ‘ स्योर-सट सेप्टेम्बर मेला’ लिएर आएको छ ।
यस अफर अन्तर्गत, ग्राहकहरूले तोकिएका रेडमी स्मार्टफोनहरूको प्रत्येक खरिदमा रोमाञ्चक रेडमी इयरफोनहरू निःशुल्क पाउनेछन् ।
अफरको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने, ‘ हामी हाम्रा ग्राहकहरूले यस सेप्टेम्बरमा शाओमीको ’स्योर-सट सेप्टेम्बर मेला’ मार्फत प्राविधिक आनन्दको अनुभव गर्नुहोस् भन्ने चाहन्छौं ।’
ग्राहकहरूको निरन्तर सहयोगले उहाँहरूलाई केही प्रदान गर्न उप्रेरित गरेको हुनाले उक्त रोमाञ्चक अफरहरू ल्याएको उनले बताए ।
अफरहरूले ग्राहकहरूको खरिदमा मूल्य थप्ने मात्रै नभएर समग्र शाओमी अनुभवलाई निखार्ने कम्पनीको विश्वास छ ।
यो अफर अन्तर्गत रेडमी ए२ र ए२+ को हरेक खरिदमा ग्राहकहरूले रेडमी इयरफोन निःशुल्क पाउनेछन्। त्यसैगरी हरेक रेड्मी १२सि को खरिद गर्ने ग्राहकहरूले निःशुल्क रेड्मी सोनिकबेस ब्लुटुथ इयरफोन प्राप्त गर्नेछन् । दुवै अफरहरू सेप्टेम्बर १ मा सुरु भएर सेप्टेम्बर १५ मा समाप्त हुनेछन् ।
यो अफर रेडमीका नेपालभरका रिटेल आउटलेटहरूमा उपलब्ध छ। थप जानकारीको लागि आफ्नो नजिकको शाओमी रिटेल आउटलेटमा जान सक्नुहुने छ वा https://www.mi.com/np मा लग इन गर्नुहोस् ।

गभर्नर नियुक्ति प्रकरण : के प्रधानमन्त्री ओलीकै आडमा भट्टको राजीनामा स्वीकृत नगर…

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

कपिलवस्तुमा एसियन थाई फुड्सको दोस्रो युनिट सञ्चालनमा, ‘प्रीति’, ‘टुपीएम’ सहित…

सुनको मूल्य बढ्यो

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

हुलाकी राजमार्ग : ४४ किमी कालोपत्र

सुनको मूल्य बढ्यो, तोलाको कतिमा कारोबार हुँदैछ ?

प्रतिक्रिया