‘एक भगवत् गीता’सँग किन रुष्ट छन् धिरज मगर ?

काठमाडौँ - निर्देशक झरना थापाले धिरज मगरलाई ट्रेलर सार्वजनिक कार्यक्रममा आँखाको बिरामी बनाइन् । कलाकार र फिल्मका लागि महत्वपूर्ण मानिने ट्रेलर सार्वजनिक कार्यक्रममा फिल्मका मुख्य कलाकार नै उपस्थित नहुनु शंकाको विषय थियो र कार्यक्रममा उपस्थित पत्रकारले प्रश्नोत्तेर सेसनमा निर्देशक झरना थापालाई प्रश्न पनि गरिहाले । पत्रकारको जिज्ञासामा झरना थापाले धिरज बिरामी भएको र खासगरी उसको आँखा पाकेकाले नआएको जानकारी दिइन् । तर झरनाले धिरज बिरामी भएको बताइरहँदा उनी भने कुलेखानीमा घुमिरहेका थिए । आँखा पाकेको मान्छे, यसरी घुम्न जाने कुनै सम्भावनै थिएन ।
मानियो, ट्रेलर रिलिजको केही समयपछि नै धिरजको आँखा ठीक भयो र उनी घुम्न पनि गए रे । तर मोबाइल चलाइरहने उनले फिल्मको ट्रेलर सामाजिक सञ्जालमा सेयर गर्ने कष्ट पनि गरेनन् । उनले केही दिनअघि आफैँले अभिनय गरेको गीत पनि बासी भइसकेपछि सेयर गरेका थिए । अहिले ट्रेलर पनि तीन दिन बितेपछि बल्ल गरेका छन् । यसले धिरज र निर्माण टिमबीच खटपट अनुमानलाई बल पुर्याउँछ ।
स्रोतका अनुसार धिरज एउटा कथा सुनाएर अर्कै चलचित्रमा साइन गराएकोमा निर्माण टिमसँग सुरुदेखि नै खुसी थिएनन् । अनुबन्धित भइसकेपछि आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ भनेर सेटमा गएका उनी पछिल्लो समय भने आश गरिएको गीत नै नखिचेपछि थप रुष्ट भएको चर्चा छ । योभन्दा पहिला टिजर रिलिजको समयमा पनि आफूले नराख्नु भनेको सट राखेको भन्दै धिरजले केही नजिकका फिल्मकर्मीसँग असन्तुष्टि पोखेको स्रोत बताउँछ ।
टिजरमा धिरजलाई झल्याकझुलुक मात्र देखाइएको थियो । तर धिरजले कम समय देखाएको भन्दा पनि नराख्नु भनेका सट राखेको भन्दै निर्माण टिमसँग असन्तुष्टि जाहेर गरेको पनि स्रोतको दाबी छ । ट्रेलर रिलिज अघि नै निर्माण टिमले सिटी सेन्टरमा केही युट्युबरसँग अन्तर्वार्ता गरेको थियो । धिरज मगर यहाँ पनि उपस्थित थिएनन् । यसले पनि धिरज र निर्माण टिमबीच ‘अल इज वेल’ नरहेको संकेत गर्छ ।
विपिन कार्की व्यस्त हुने र धिरज मगर प्रमोसनमै नहुने भएपछि ‘एक भगवत् गीता’लाई यो पटक दर्शक बोलाउन गाह्रो पर्ने अनुमान गरिन थालेको छ । त्यसमाथि एक हप्ताअघि रिलिज हुन लागेको शाहरुख खानको ‘जवान’को हाइपले पनि नेपाली फिल्मको सो प्रभावित गर्ने आँकलन छ ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया