कोभिडविरुद्धको दोस्राे डोज खोप कति समयपछि लगाउने ?

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार गरेको पत्रकार सम्मेलनमा ६५ वर्षमाथिका नागरिकलाई दिइने कोभिड-१९ विरुद्ध लगाइने खोप १६ हप्तासम्मका लागि बढाएको घोषणा गर्यो । पहिलो डोज खोप लगाएकालाई पूर्णरूपमा दोस्रो डोज उपलब्ध गराउन नसक्दा खोप लगाउने समय बढाएको हो ।
खोप निर्माता कम्पनी र विश्वस्वास्थ्य संगठनका अनुसार कोभिडविरुद्धको खोप ८ देखि १२ हप्तासम्ममा दोस्रो चरणको खोप लगाइसक्नु पर्ने व्यवस्था छ । लक्षित वर्गका उमेर समूहले तत्कालै खोप पाउने सुनिश्चित नभएकाले नागरिकको मन थमथम्याउन सरकारले १६ हप्ते रणनीति अपनाएको हो ।
'खोप लगाउने समयमा वैज्ञानिक आधार छैन'
खोप नपाएकाले पहिलो डोज मात्रा लगाएकालाई आश्वासन दिन सरकारले खोप लगाउने सयम थपिदिएको हुन सक्ने खोप अनुसन्धान विज्ञ डा. जीवनबहादुर शेरचन बताउँछन् । 'वैज्ञानिक आधार केही पनि पुष्टि नभएकाले अहिले थपिएको समयको कुनै आधार हुदैन,' उनी भन्छन्, 'खोप लगाउ समयावधि १२ देखि १६ हप्ताको कुरा ल्याए पनि सरकारको भनाइमा खोपसम्बन्धी सार्थकता छैन ।' यो नयाँ भएकाले कसैले यसमाथि अनुसन्धान नगरेको उनले तर्क गरे ।
एउटा खोपको मात्राको समयावधि करिब ६ महिनासम्म हुने डा. शेरचनले बताए । दुवै डोज लगाएमा एक वर्षसम्म खोपको मात्राले काम गर्ने उनको भनाइ छ । 'कोभिसिल्ड खोपको पहिलो डोज लगाएमा ४० प्रतिशत र दुवै डोजको मात्रा लगाएमा ८० प्रतिशतसम्म काम गर्नेछ,' उनले भने ।
पहिलो डोज लगाएकाले दोस्रो डोज लगाउन नपाएमा के हुन्छ भन्ने प्रश्नमा डा. शेरचन भन्छन,' खोपले शरीरमा उत्पादन गर्ने इम्यूनीटी पावर घट्दै जान्छ । खोप नलगाएको अन्य नर्मल मानिस जस्तै बन्दै जान्छन् । दुवै खोपको डोज लगाएमा शरीरमा पूर्णरूपमा शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि हुन्छ ।' दुवै खोप लगाएमा गम्भीर अवस्था हुनबाट बचाउने र अन्य रोग लाग्नबाट सुरक्षित राख्ने गर्छ ।
'निर्माण भएका खोप दुवै लगाउनुपर्छ'
नेपालमा कोभिडविरुद्ध आपतकालीन प्रयोगका लागि अनुमति पाएका दुवै खोप दुई डोज लगाउनुपर्ने खालका छन् । अधिकांश विकास भएका खोपहरू दुई डोज लगाउनु पर्ने हुन्छ । खोपको पूरा मात्रा लगाएको एक महिनापछि मात्र शरीरमा न्युट्रोलाइजेन एन्टिबडी बन्ने प्रक्रिया अघि बढ्ने खोप विज्ञ डा. श्यामराज उप्रेती बताउँछन् ।
पहिलो खोप लगाएको २८ दिनदेखि तीन महिनाभित्र दोस्रो डोज लगाउनुपर्ने उनको भनाइ छ । नेपाल तथा विदेशमा खोप लगाएको एक महिनापछि मात्र शरीरमा एन्टिबडी बन्ने अध्ययनले देखाएको उनले प्रस्ट पारे ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया