जापान र श्रीलंका भ्रमणमा नजान अमेरिकाद्धारा आफ्ना नागरिकलाई सुझाव

न्युयोर्क : अमेरिकाले कोरोना भाइरसको संक्रमणको कारण उल्लेख गर्दै भारतपछि जापान र श्रीलंका पनि भ्रमण नगर्न अमेरिकाले आफ्ना नागरिकलाई ट्राभल एड्भाइजरी जारी गरेको छ ।
अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले सोमबार सो सूचना जारी गरेको हो । लेभल–४ को स्वास्थ्य सम्बन्धी यात्रा सूचना जारी गर्दै कोभिड–१९ को अत्यन्तै खतरा भएको मुलुकका रुपमा जापान र श्रीलंकालाई पनि राखेको छ ।
त्यसैले आफ्ना नागरिकलाई कोभिड १९ को खतरा बढ्दै गएको भन्दै जापान र श्रीलंका नजान भनिएको सो सूचनामा जनाइएको समाचारमा बताइएको छ ।उक्त सूचनाअनुसार अमेरिकाको विदेश मन्त्रालयले सोमबार जापान र श्रीलंकाका लागि लेभल–४ को ट्राभल एड्भाइजरी जारी गरेको थियो । जसमा जापान र श्रीलंका भ्रमण नगर्न भनिएको छ ।
यसका लागि जापानको अन्तर्राष्ट्रिय विमान उडान अस्थायी रुपमा बन्द भएको कारण अमेरिका फर्कनु पर्ने नागरिकहरुले ती दुई देशका राजदूतावासमा सम्पर्क राख्न समेत भनेको छ । जापानमा जुलाई २३ मा ओलम्पिक हुने भनिएको छ । सो कार्यक्रमको करिब २ महिना अघिमात्र अमेरिकाले कोभिडका कारण समस्या भएको भन्दै आफ्ना नागरिकलाई सो सूचना जारी गरेको बताइएको छ । सिन्ह्वा

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया