नेपाल क्लियरिङ्ग हाउसकाे सञ्चालकमा अमित श्रेष्ठ नियुक्त

काठमाडौँ– नेपाल क्लियरिङ्ग हाउसकोको आइतबारको सञ्चालक समितिको बैठकबाट फाइनान्स कम्पनीहरूका तर्फबाट आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडका डेपुटी प्रमुख कार्यकारी अधिकृत अमित श्रेष्ठलाई सञ्चालक पदमा नियुक्त गरिएको छ ।
यसअघि सञ्चालक रहेका रिलायन्स फाइनान्सका समाजप्रकाश श्रेष्ठको प्रमुख कार्यकारी अधिकृतमा पदोन्नति भए पश्चात् नेपाल क्लियरिङ्ग हाउसको उक्त सञ्चालक पद रिक्त रहेको थियो ।
श्रेष्ठको वाणिज्य बैंक तथा फाइनान्स कम्पनीको क्षेत्रमा २१ वर्ष भन्दा बढीको अनुभव रहेको छ ।
नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरू मार्फत प्रवर्द्धित यस कम्पनीको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकका तर्फबाट एक जना, वाणिज्य बैंक तर्फबाट तीन जना, विकास बैंक र फाइनान्स कम्पनीबाट एक–एक जना तथा स्वतन्त्र सञ्चालकबाट एक जना गरी जम्मा सात जनाको प्रतिनिधि रहने व्यवस्था रहेको छ ।
एनसीएचएलले राष्ट्रिय स्तरको भुक्तानी प्रणालीहरू स्थापना तथा सञ्चालन गर्दै आएको छ ।

राहुघाट जलविद्युत् आयोजना निर्माणलाई तीव्रता दिन निर्देशन

बेष्ट फाइनान्स एनपिएस–नेशनल कार्ड स्वीच तथा नेपालपे कार्डमा आवद्ध

झापामा ‘नेक ब्लास्ट’ रोगले बोटमै सुक्यो धान

स्मार्टफोन टिकाउपनको नयाँ परिभाषा : रेड्मी नोट १४प्रो+५जी
दिखुवाखोलामा मोटरेबल पुल निर्माण थालियो, ५ करोड ५० लाख रूपैयाँ खर्च लाग्ने

पहिराले उदयपुरका ग्रामीण सडक अवरुद्ध

सुनचाँदीकै मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

प्रतिक्रिया