एमसीसी अनुगमन समिति बनाउने एकीकृत समाजवादीकाे निर्णय

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले १२ बुँदे व्याख्यात्मक घोषणालाई एमसीसीको अंग बनाउँदै कार्यान्वयन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
पार्टी कार्यालय आलोकनगरमा सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले एमसीसी कार्यान्वयनका क्रममा १२ बुँदे व्याख्यात्मक घोषणा वेवास्ता गर्न खोजिएको भन्दै व्याख्यात्मक घोषणालाई एमसीसीको अंग बनाउँदै कार्यान्वयन गर्नुपर्ने निष्कर्ष निकालेको हो ।
व्याख्यात्मक घोषणालाई एमसीसीको अंग बनायो कि बनाएर भनेर अनुगमन गर्न पार्टीले पाँच सदस्यीय एमसीसी अनुगमन समिति बनाउने निर्णय गरेको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए । समितिको संयोजकमा उपाध्यक्ष राजेन्द्र पाण्डे, सदस्यमा उपमहासचिव गंगालाल तुलाधर, उपमहासचिव जगन्नाथ खतिवडा, सचिव गरिमा शाह र एक जना विषयविज्ञ रहने छन् ।
त्यस्तै बैठकले एमसीसी अनुगमनका लागि संसदीय समिति बनाउनका पहल गर्ने निर्णय गरेको उनले बताए । संयुक्त महासभा र चीनको भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डले गर्ने छलफल र एजेण्डाबारेमा पार्टीका तर्फबाट आधिकारिक रूपमा छलफल गर्ने निर्णय गरिएको खतिवडाले जानकारी दिए ।
बैठकमा १० औं राष्ट्रिय महाधिवेशनको तयारीका बारेमा छलफल भएको प्रवक्ता खतिवडाले बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया