जसपाद्वारा केन्द्रीय कार्यालय समिति सदस्यको कार्यविभाजन

काठमाडौँ- जनता समाजवादी पार्टी, (जसपा) नेपालले आफ्नो केन्द्रीय कार्यालय समिति सदस्यको कार्य विभाजन गरेको छ ।
पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य परशुराम बस्नेत अध्यक्ष रहनुभएको पाँच सदस्यीय केन्द्रीय कार्यालय समितिको बैठकले सदस्यको कार्यविभाजन गरेको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
उनका अनुसार प्रशासनिक कार्य सञ्चालन तथा केन्द्रीय कार्यालय व्यवस्थापनको जिम्मेवारी चन्देश्वरप्रसाद सिंह र ई देवनारायण यादवलाई दिइएको छ । केन्द्रीय निकाय, संयन्त्र, मातहत निकायको सम्पर्क तथा जनसम्पर्कका लागि पेशल ढकाल र न्हुच्छेलाल महर्जनलाई तोकिएको सो पार्टीले जनाएको छ ।
यसैगरी बैठकले पूर्वकेन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीसँग कार्यसम्पादन प्रक्रिया र उपलब्ध कागजात बरबुझारथ गर्ने निर्णय गरिएको प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख बस्नेतले बताए । रासस

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया