कतारी राजाको नेपाल भ्रमण हुँदै

काठमाडौँ- कतारी राजाको नेपाल भ्रमण हुने भएको छ । राजा शेख तमिम बिन हमद अल थानीको केही महिनामै भ्रमण हुने गरी तयारी भइरहेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
'आगामी तीन महिना भित्रमा उहाँको भ्रमण हुने गरी तयारी भइरहेको छ,' स्रोतले इकागजलाई भन्यो,' भ्रमणका लागि आन्तरिक कुराहरू मिलाउन मात्र बाँकी रहेको छ । कात्तिक अन्तिम सातासम्ममा भ्रमण हुने गरी मिति तय भइरहेको छ । '
परराष्ट्र स्रोतका अनुसार कतारको राजा नेपाल आउनका लागि इच्छुक छन् । कतारको तर्फबाट नेपाल आउन लागि सरकारी चिठी तयारी भइसकेको छ । कूटनीतिक रूपमा नेपालको तर्फबाट पनि कतारको निम्तालाई स्वीकार्ने पत्र बाँकी छ ।
कतारी राजा नेपाल जानका लागि तयारी रहेको पत्र जानकारी नेपाल आइपुग्न बाँकी रहेको स्रोतले जानकारी दियो । नेपालको उच्च निकायबाट निम्तो तथा आमन्त्रणको पत्र गइसकेपछि भ्रमणको मिति सार्वजनिक हुने स्रोतले उल्लेख गरेको छ ।
स्रोतका अनुसार भ्रमणमा आठदेखि दशवटा प्रोजेक्टमा सम्झौता हुन सक्नेछ । सन् २००५ भएको श्रम सम्झौता भएको यस पटक १८ वर्षपछि सम्झौता गर्ने तयारी छ । स्रोतले कतारको उच्च तहबाट हुने भ्रमण सफल हुने विश्वास बताएको छ ।

पाँच वर्षदेखि प्रयोग गर्दै आएको सामाजिक सञ्जालबारे भिसा आवेदकले जानकारी नदिए…

नेपाल–चीनबीच मित्रताको नमुनाः नीलकण्ठ माविको पुनःसंरचना

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य…

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…

प्रतिक्रिया