पाँचखाल नगरपालिकाले कोभिड खोप किन्न माग्यो सरकारसँग अनुमति
काभ्रे : पाँचखाल नगरपालिकाले कोभिड–१९ विरुद्धको खोप किन्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग अनुमति मागेको छ । नगरपालिकाले आफ्नै खर्चमा किन्न लागेको खोपको प्रति डोज कति मूल्य पर्ने हो ? त्यो मुल्य पनि खुलाईदिन आग्रह गरेको छ । सरकारले नै कोभिडविरुद्धको खोप ल्याउन नसकिरहेका बेला पछिल्लो समय स्थानीय तहले खोप किन्नका लागि स्वास्थ्य मन्त्रालयसँग अनुमति मागिरहेका छन् । त्यसमध्येमा पाँचखाल नगरपालिका पनि थपिएको छ ।
पछिल्लो समयमा पाँचखालमा कोभिड संक्रमितको संख्या बढ्दै गएको र यसको रोकथामको लागि खोप नै भरपर्दो भएको हुनाले आफ्नो नागरिकलाई सुरक्षित राख्न आफ्नै स्रोतबाट खोप किन्ने निर्णय गरेको नगर प्रमुख महेश खरेलले जानकारी दिए । खोप खरिदका लागि विभिन्न देशसँग कुरा भइरहेको भन्द्यै नगरप्रमुख खरेलले मन्त्रालयले अनुमति दिए जेठ महिनाभित्र खोप ल्याउने दाबी गरेका छन् ।

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन

६४ हजारले लिए कामपाको निःशुल्क कानुनी सेवा

१२२ करदाता कारबाहीमा

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

विपी राजमार्गः साउनभर राति १२ घण्टा बन्द

आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन

प्रतिक्रिया