कतारमा अधिकारकर्मी मिया सम्मानित

काठमाडौँ- कतारको राष्ट्रिय मानवअधिकार कमिटीले प्रोफेसर रमजान अलि मियालाई सम्मान गरेको छ । कतारको राष्ट्रिय मानवअधिकार कमिटीले एक महिनासम्म सञ्चालन गरेको ‘प्रिभेन्टिङ द रिस्क अफ हिट स्ट्रेस’ अर्थात उच्च गर्मीले सिर्जना गर्ने तनाब व्यवस्थापनसम्बन्धी जनचेतनामूलक कार्यक्रममा अविश्मरणीय र उच्च प्रकारको योगदान दिएको भन्दै मियालाई सम्मान गरेको हो । तालिम अगष्ट १ देखि सेप्टेम्बर १ सम्म भएको थियो ।
कतारको राष्ट्रिय मानवअधिकार कमिटीका महासचिव सुल्तान हसन अल जमुलाईले मियालाई सम्मान प्रदान गरे । डेढ दशकदेखि कतारमा रहेका मियालाई यसअघि श्रमिक अधिकारको क्षेत्रमा काम गरेबापत कतार सरकारको गृह मन्त्रालयले सम्मान पनि गरेको थियो ।
मियाले कतारमा कार्यरत आप्रवासी नेपालीहरूलाई आइपरेका समस्या समाधानमा कानूनी एवम् अन्य सहयोग गर्दै आएका छन् । रमजानले कतारको श्रम ऐन, कतारमा कार्यरत नेपालीका लागि हित हुने विभिन्न सरकारी डकुमेन्टहरू नेपाली भाषामा अनुवाद गरेका छन् ।
उनले ‘मैले देखेको कतार’ नाममा कृति पनि प्रकाशन गरेका थिए । मध्यपूर्वी देशमा काम गर्न जाने नेपालीलाई अरबी भाषा सिक्न सजिलो होस् भनेर उनले ‘अरबी गुरु’ नामक पुस्तक पनि प्रकाशित गरेका छन् । उनी कतार सरकारका विभिन्न निकायबाट पटक–पटक सम्मानित हुँदै आएका छन् ।

जिपले च्यापेर बालकको मृत्यु

मकरको रोकिएका काम सुचारु हुने, कुम्भले समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने

धनगढीमा अविरल वर्षा : दुई हजार घरमा पानी पस्यो, आठ जनाको उद्धार

दरबारमार्गमा चार तलामाथिबाट खसेर दुई मजदुरको मृत्यु

सेवाग्राही नआएपछि बिहानी सेवा बन्द

कटुवा पिस्तोल र दुई थान म्याग्जिनसहित दुई पक्राउ

लुटपाटमा संलग्न पाँच जना पक्राउ

प्रतिक्रिया