एमाले लुम्बिनीमा नेतृत्वका लागि मतदान सकियो, साँझसम्म परिणाम आउने

बुटवल । नेकपा एमालेको बुटवलमा जारी प्रथम लुम्बिनी प्रदेश अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ । कूल १००४ मतदाता मध्ये ९६५ मत खसेको निर्वाचन समितिका संयोजक हरिप्रसाद भण्डारीले जानकारी दिए ।
भदौ १६ गतेदेखि बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी अधिवेशन अन्तर्गत अध्यक्ष पदका लागि निवर्तमान अध्यक्ष राधाकृष्ण कंडेल र केन्द्रीय सदस्य हरिप्रसाद रिजाल प्रतिस्पर्धामा रहेका छन् ।
बिहान पौने ९ बजेदेखि मतदान सुरु भएको हो ।
लुम्बिनीमा बन्ने २०५ सदस्यीय प्रदेश कमिटीका लागि ३६४ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, विश्वराज बराल र बाँकेका पूजन विश्वकर्माको उम्मेदवारी परेको छ ।
उपसचिव खुलामा ४ र महिलामा ३ जनाको उम्मेदवारी छ । उनीहरू रुकुम पूर्वका उपेन्द्रलाल कामी, बाँकेका दुर्गाप्रसाद थारू चौधरी, रोल्पाका पूर्ण बुढामगर र गुल्मीका हिरा एसी रहेका छन ।
यस्तै, महिला उपसचिवमा बाँकेकी आरती पौडेल, बसन्ती अधिकारी र बर्दियाकी लिला रानामगरको उम्मेदवारी रहेको छ । सचिवमा लक्ष्मण आचार्य निर्विरोध भइसकेका छन् ।

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_mJETgvyygj_ajt0l1bzvgcr5mhqc7hshwiedsp7paejihnlrx1ak375blishhvm8dhjdyb5.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

प्रतिक्रिया