नेपालले छिमेकी देशहरूसँग सन्तुलन कायम गरेर अघि बढ्नुपर्छ : सभापति देउवा

काठमाडौँ- कांग्रेस सभापति शेरबहादुर देउवाले नेपालले छिमेकी देशहरूसँग सन्तुलन कायम गरेर अघि बढ्नुपर्ने बताएका छन् ।
मंगलबार निजामती कर्मचारी युनियनको स्थापना दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले नेपालले चीन र भारतसँग सन्तुलन कायम गरेर अघि बढ्नुपर्ने बताएका हुन् । उनले एक देशले अर्को देशसँग साथी बनाउन सक्ने तर छिमेकी बनाउन नसक्ने भन्दै भएका दुई छिमेकी देशलाई बुझाएर नेपालले अघि बढ्नुपर्ने उल्लेख गरे ।
देउवाले नेपालसँग विद्युत् किन्ने भनेको भारत मात्रै भएकाले नेपालले कि विद्युत् नै बेच्दिन भन्नुपर्ने नत्र भारतले भनेका कुराहरूमा सहमति जनाउनुपर्ने बाध्यता रहेको समेत जिकिर गरे । त्यस्तै सभापति देउवाले सरकार र कर्मचारीबीच एक आपसमा मिलेर मात्रै देश विकास गर्न सकिने भन्दै मन्त्रीले भनेपछि कर्मचारीले मान्नै पर्ने धारणा राखे ।
पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले मन्त्रीहरू आउने जाने हुन् भनेर हेपेपछि आफूले प्रहरी अधिकृतलाई हटाइदिएको समेत सुनाए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया