नेपालका तीन चलचित्र बुसानमा : नविन सुब्बाको ‘गाउँ आएको बाटो’ र सौरभ राईको ‘गुराँस’ एसियन विन्डोमा

दाेहा- टोरन्टोमा प्रिमियर हुन गइरहेको चलचित्र ‘गाउँ आएको बाटो’ दक्षिण कोरियाको बुसान इन्टरनेसनल फिल्म फेस्टिभलमा पनि छनोट भएको छ । चलचित्र विन्डो अन एसियन सिनेमा अन्तर्गत छनौट भएको हो । आमोद राई कार्यकारी निर्माता रहेको फिल्मलाई नविन सुब्बाले निर्देशन गरेका हुन् ।
फिल्ममा दयाहाङ राई र पशुपति राईको मुख्य भूमिका रहेको छ । यसैगरी नेपाल र भारतको निर्माणमा रहेको सौरभ राईको निर्देशन रहेको ‘गुराँस’ पनि यही श्रेणीमा छनौट भएको हो । ‘गुराँस’ को भने चेक रिपब्लिकको कार्लोभी भारी इन्टरनेसनल फिल्म फेस्टिभलमा प्रिमियर भएको थियो ।
रामकृष्ण पोखरेलको निर्माण रहेको फिल्मले सो फेस्टिभलमा फिल्मले १० हजार अमेरिकी डलर पुरस्कार राशिको प्रोक्सिमा स्पेसल जुरी अवार्ड जितेको थियो । यसैगरी निरन्जन भेटवालको निर्देशन रहेको लघु चलचित्र ‘दि विटनेस ट्री’ पनि बुसानमा छनौट भएको छ ।
दक्षिण एसियामा प्रतिष्ठित मानिने बुसानको नयाँ संस्करण अक्टोबर ४ तारिखदेखि १३ तारिखसम्म चल्नेछ । बुसानको यो संस्करण ‘बिकज आई हेट कोरिया’को प्रदर्शनसँगै हुनेछ । बुसानले यो पटक हङकङ मुलका अभिनेता चाउ एन फ्याटलाई एसियन फिल्ममेकरको सम्मान दिँदैछ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया