विपी साहित्य महोत्सव–२०८० तयारी समितिमा ११ सदस्य थप

काठमाडौँ- नेपाली कांग्रेसले विपी साहित्य महोत्सव–२०८० तयारी समितिमा ११ जना सदस्य थप गरेको छ ।
पार्टीको बैठकको निर्णयानुसार भदौ २४, २५ र २६ मा आयोजना हुने विपी साहित्य महोत्सव–२०८० लाई भव्यरूपमा सम्पन्न गर्न पार्टीका सह–महामन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा गठित विपी साहित्य महोत्सव–२०८० तयारी समितिमा ११ सदस्य थप गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
थपिएका सदस्यमा मीनाक्षी झा, सुजाता परियार, लक्ष्मी परियार, डा चन्द्रमोहन यादव, सुशीला मिश्र भट्ट, डा तुलसी भट्टराई, डा विष्णुविभु घिमिरे, डा वेञ्जु शर्मा, वियोगी बुढाथोकी, गेजा शर्मा वाग्ले र शिव लम्साल छन् । विपी साहित्य महोत्सवको तयारीका काम तीव्ररूपमा अघि बढेको संयोजक पाण्डेले जानकारी दिए ।
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_OonMDbbcDX_uhty0xmswbxyqlhtrprybjvtdnie4bwp9zcz2ozm1pc5ppiysciuigtxvmhv.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

प्रतिक्रिया