चन्द्रागिरिका नगर प्रमुख गिरीलाई कोभिड संक्रमण
काठमाडौँ : चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीलाई कोभिड १९ सङ्क्रमण देखिएको छ । नगरप्रमुख गिरीलाई सोमबार हल्का ज्वरोको लक्षण देखिएपछि गरिएको पिसिआर परीक्षणमा मङ्गलबार आएको रिपोर्टमा कोभिड १९ सङ्क्रमण पुष्टि भएको हो । जनताको सेवामा दिनरात खटिँदाखटिँदै नगरप्रमुख गिरीसमेत सङ्क्रमित रहेका हुन् ।
उनी अहिले होमआइसोलेशनमा छन् । काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरिमा हालसम्म चार हजार ५२ सङ्क्रमित भइसकेका छन् । तीमध्ये तीन हजार ९९ जना निको भएर घर फर्किसकेका छन् भने ९०९ सक्रिय सङ्क्रमित रहेको नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिए । चन्द्रागिरिमा हालसम्म कोरोना सङ्क्रमणका कारण ४६ जनाले ज्यान गुमाइसकेका छन् ।
विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोभिड सङ्क्रमण देखिएपछि नगरपालिकाले ७५ शय्याको अक्सिजनसहितको आइसोलेशन सेन्टर स्थापना गरेको छ । यसबाहेक सशस्त्र प्रहरी अस्पताल बलम्बुमा समेत कोरोना सङ्क्रमितको उपचार हुँदै आएको छ । चन्द्रागिरि काठमाडौँ उपत्यकाकै सबैभन्दा ठूलो नगरपालिका हो । उक्त नगरपालिकामा १५ वडा रहेका छन् । रासस

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया