सहमहामन्त्री यादवमाथि आक्रमणविरुद्ध धनुषामा चक्काजाम, गृहमन्त्रीको राजीनामा माग

जनकपुरधाम - नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको साँघातिक आक्रमण विरुद्ध मधेश प्रदेशको राजधानी जनकपुरधाम–ढल्केवर सडकखण्डमा चक्काजाम गरिएको छ ।
धनुषाको लक्ष्मीनियाँ गाउँपालिकाको लक्ष्मीनियाँ बजारमा चक्काजाम गरिएको हो । चक्काजामको कारण सवारी साधनहरु ठप्प भएका छन भने सर्वसाधारणलाई समेत आवातजावतमा सास्ती भएको छ । चक्काजाम गरिएको लक्ष्मिनिया सहमहामन्त्री यादवको गाउँपालिका समेत हो ।
सहमहामन्त्री यादव माथि दिउँसो काठमाडौंमा भएको साँघातिक आक्रमणको विरोध गर्दै युवाहरुले चक्काजाम गरेका हुन् । यादवमाथि खुकुरी प्रहार भएपछि जनकपुरसहित धनुषाको विभिन्न स्थानका स्थानीयहरू आक्रोशित भएका छन् ।
कांग्रेसका क्षेत्रीय सभापति धनुषा निर्वाचन क्षेत्र नं. ४ का भारत यादवको नेतृत्वमा काँग्रेस निकट विद्यार्थी युनियन, युवा संघ र स्थानीय जनताले गृहमन्त्रीको राजीनामा र दोषीमाथि तत्काल कारबाहीको माग गर्दै टायर बालेर विरोध प्रदर्शन गरेका हुन् ।

प्रदेश सरकारले ‘सिटी स्क्यान’ उपलब्ध गराउने

प्रहरीलाई गालीगलौज गर्ने जसपाका मधेश प्रदेश अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी जा…

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

मटिहानी नगरभित्रका सडक कालोपत्र गरिँदै

करेन्ट लागेर सोनारको मृत्यु

स्रोत नखुलेको २८ लाखसहित तीन जना पक्राउ

सिरहामा शकांस्पद मृत्यु प्रकरण : श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

प्रतिक्रिया