सुदूरपश्चिम एमाले संसदीय दलको बैठक जारी
धनगढी : सुदूरपश्चिम प्रदेशको एमाले संसदीय दलको बैठक सुरु भएको छ । बैठकमा सभामुख बाहेक एमालेका २४ जनामध्ये २१ सांसद उपस्थित छन् । माधव नेपाल पक्षका १८ र केपी शर्मा ओली पक्षका तीन जना प्रदेश सभा सदस्य उपस्थित भएका हुन् ।
एमाले स्थायी कमिटीको बैठकले माओवादी केन्द्र नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपछि पहिलो पटक संसदीय दलको बैठक बसेको हो । एमालेबाट मन्त्री भएकाहरूलाई २४ घण्टाभित्र फिर्ता हुन निर्देशन जारी गरिएको छ ।
५२ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा एमालेका २५ जना सांसद छन् । सभामुखबाहेक २४ जनामा नेपाल पक्षका १८ र ओली पक्षमा ६ जना सांसद छन् । माधव पक्षका प्रदेशसभा सदस्यको संख्या बढि भएकाले संसदीय दलको बैठकले अहिलेकै सरकारलाई निरन्तरता दिने सम्भावना देखिएको छ।

सरकारले सुशासनको अनुभूति दिलाउन सकेनः डा. कोइराला

माओवादीलाई विभाजन गर्न षड्यन्त्र र जालझेल भइरहेको छः अध्यक्ष प्रचण्ड

अग्रज र सहिदका सङ्कल्प पूरा गर्न दृढताका साथ लाग्नुपर्छः प्रधानमन्त्री ओली

बालबालिकालाई संस्कारसहितको शिक्षा दिनुपर्छ : मुख्यमन्त्री कँडेल

देश समृद्ध बनाउन जोखिम मोलेरै काम गर्नुपर्छ : महासचिव पोखरेल

राजनीतिप्रति युवाहरूको वितृष्णा बढ्यो, आकर्षणमा बदल्नु मुख्य चुनौती : शेखर को…

‘मूलधारका मिडियालाई न्यू मिडियाले चुनौती खडा गरेको छ’

प्रतिक्रिया