शुक्रबार ०२ साउन, २०८२
Friday, July 18, 2025

गृहमन्त्रीलाई गगनको प्रश्न–के अब हामीले काठमाडौँमा एक्लै हिँड्न नमिल्ने भएको हो ?

काठमाडौँ–कांग्रेस महामन्त्री तथा सांसद गगनकुमार थापाले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई के अब हामीले काठमाडौँमा एक्लै हिड्न नमिल्ने भएको हो ? भनि प्रश्न गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै थापाले कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विषयमा गृहमन्त्रीलाई यस्तो प्रश्न सोधेका हुन् । 

‘म गृहमन्त्रीलाई सोध्न चाहन्छु,’ उनले भने, ‘के अब हामीले काठमाडौँमा एक्लै हिँड्न नमिल्ने भएको हो ? कोही जलाई दिन्छु भन्छ, कोही खुकुरी हान्छ । हामीले एक्लै हिँड्न हुने हो कि नहुने हो ?’

उनले अगाडि भने, ‘काठमाडौँमा एउटा संविधानसभाको सदस्य भएको व्यक्ति सार्वजनिक कार्यक्रमबाट सहभागी भएर आउँदै गर्दा उ सुरक्षित छैन भने प्रधानमन्त्री, गृहमन्त्रीले यो विषयमा बोल्नुपर्छ कि पर्दैन ?’