महेन्द्र यादवमाथि आक्रमण गर्ने मान्छे हाम्रो पार्टीको होइन, आक्रमणकारीलाई कारबाही हुनुपर्छ : राप्रपा
काठमाडौँ–राप्रपाका सांसद धवलशम्शेर राणाले कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण गर्ने व्यक्तिको संलग्नता राष्ट्रिय प्रजातन्त्र पार्टीसँग नरहेको स्पष्ट पारेका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै उनले आक्रमणकारी आफ्नो पार्टीसँग संलग्न नरहेको स्पष्ट पारेका हुन् । ‘हिजो भएको घटनामा म पनि थिएँ,’ उनले भने, ‘महेन्द्र यादवजी निस्किन लाग्दा एउटा व्यक्तिले खुकुरी प्रहार ग¥यो । उहाँ घाइते हुनुभयो । त्यो व्यक्तिलाई प्रहरीले समात्यो । त्यसपछि उहाँले केही नाराहरू लगाउनुभयो । तर यो विषयलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टीलाई अलिकति आक्षेप लगाउने कामहरू भए ।’
सांसद राणाले अगाडि भने, ‘उहाँले राजसंस्था, एमसीसी लगायतका विषयमा नारा लगाइरहनु भएको थियो । महेन्द्रजीले बोल्दा पनि विरोध जनाइरहनु भएको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टी हिंसाको राजनीतिमा कहिल्यै पनि विश्वास गर्दैन । त्यो व्यक्ति हाम्रो पार्टीसँग कुनै पनि हिसाबले संलग्न थिएन । उसमाथि हुनुपर्ने कारबाही हुनुपर्छ ।’

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग

संसदमा रास्वपा र राप्रपाका सांसदहरुको कार्यशैलिप्रति सत्तारूढ दलका आपत्ति

राष्ट्रिय बस्ती विकास नीति तर्जुमाको काम अघि बढाइएको छः मन्त्री सिंह

प्रतिक्रिया