तालाबन्दी संस्कृतिले आमविद्यार्थी निराश छन् : भट्टराई
काठमाडौँ– नेकपा एमालेकी सांसद विद्या भट्टराईले विश्वविद्यालयमा तालाबन्दी संस्कृतिले आम विद्यार्थीलाई निराश बनाएको बताएकी छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै भट्टराईले प्रधानमन्त्री र शिक्षामन्त्री यो विकृतिप्रति गम्भीर हुनुपर्ने बताइन् ।
उनले लामो समयदेखि नेपाल संस्कृत र सुदूरपश्चिम विश्वविद्यालयमा तालाबन्दी भइरहेको प्रति चिन्ता व्यक्त गरिन् । ‘शिक्षा लोकतन्त्रको पूर्वसर्त हो । शिक्षा र विवेकशील नागरिक लोकतन्त्रका मानक हुन् । यो कुराप्रति सरकार जिम्मेवार देखिएको छैन,’ उनले भनिन् ।
उनले तालाबन्दी संस्कृतिको अन्त्य गरी विश्वविद्यालयमा प्राज्ञिक संस्कृतिका लागि दलहरू प्रतिबद्ध हुन नसकेको आरोप समेत लगाइन् । उनले सत्तासीन दलहरू नै तालाबन्दी गर्नतिर लागेको आराेप लगाइन् । ‘दीक्षान्त समारोहमा कुलपति सम्माननीय प्रधानमन्त्रीले आफूले गरेका बाचा बिर्सँदा र तालाबन्दीको जिम्मेवारी लिन नसक्दा आज प्राज्ञिक क्षेत्र आन्दोलनको केन्द्र बनेको छ,’ उनले भनिन् ।

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग

संसदमा रास्वपा र राप्रपाका सांसदहरुको कार्यशैलिप्रति सत्तारूढ दलका आपत्ति

राष्ट्रिय बस्ती विकास नीति तर्जुमाको काम अघि बढाइएको छः मन्त्री सिंह

प्रतिक्रिया