भेनिस प्रिमियरको पूर्वसन्ध्यामा ‘द रेड सुटेकस’ को फस्ट लुक सार्वजनिक

भेनिस- भेनिस इन्टरनेसनल फिल्म फेस्टिभलमा शुक्रबार प्रिमियर हुन गइरहेको फिल्म ‘द रेड सुटेकस’को फस्ट लुक सार्वजनिक भएको छ । फिल्मले पोस्टरसँगै दुई मिनेट लामो भिडियो क्लिप सार्वजनिक गर्दै फस्ट लुक सार्वजनिक गरेको हो । सार्वजनिक क्लिप्समा देश फर्कने र देश छाड्नेको नियतिलाई सुन्दर फ्रेममा कैद गरिएको छ ।
फिडेल देवकोटाको डेब्यू निर्देशनमा तयार भएको फिल्मले हलिउडको चर्चित पत्रिका भेराइटीमार्फत् फस्ट लुक सार्वजनिक गरेको हो । फिल्मका निर्देशक फिडेल देवकोटा र निर्माता रामकृष्ण पोखरेलको भनाइ उद्धृत गर्दै भेराइटीले फिल्ममा नेपाल र श्रीलंकाबीच दुर्लभ सहकार्य रहेको शीर्षकमा समाचार लेख्दै फिल्मको क्लिप सार्वजनिक गरेको छ ।
फिडेल देवकोटाकै लेखनसमेत रहेको फिल्मले नेपालको अन्तर्राष्ट्रिय विमानस्थलबाट ट्रकमा सामान लिएर सुदूर गाउँमा जाने चालकको रहस्यमय कथा प्रस्तुत गर्छ ।
‘द रेड सुटेकस’ भेनिसको होराजेन्टे विधामा प्रतिस्पर्धा गरिरहेको छ र शुक्रबार यसको वर्ल्ड प्रिमियर हुँदैछ ।
वर्ल्ड प्रिमियरमा फिल्मका मुख्य कलाकार सौगात मल्ल, विपिन कार्की र सृष्टि श्रेष्ठ सहभागी हुँदैछन् । फिल्मलाई आइसफल प्रडक्सनका लागि रामकृष्ण पोखरेल र शोभा थापाले निर्माण गरेका हुन् । फिल्मको सहनिर्माणमा श्रीलंकाका निर्माता विमुक्ति जयसुन्दरा रहेका छन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया