लमजुङमा चालु आवको एक महिनामा २९ उद्योग थपिए

लमजुङ - लमजुङमा एक महिनाको अवधिमा २९ उद्योग थपिएका छन् । जिल्लास्थित पर्यटन तथा उद्योग कार्यालयमा चालु आर्थिक वर्ष २०८०/०८१ को साउन महिनामा मात्र विभिन्न प्रकृतिका २९ वटा नयाँ उद्योग दर्ता भएका हुन् ।
थपिएका उद्योगमा सवैभन्दा धेरै कृषि तथा वन पैदावरमा आधारित उद्योग १३ वटा रहेका छन्। यसैगरी सेवामूलक उद्योग ९ वटा, पर्यटन उद्योग ४ वटा, उत्पादमूलक उद्योग २ वटा र साझेदारी एक गरी २९ नयाँ उद्योग थप भएका हुन् ।
सोही अवधिमा ७ वटा उद्योग खारेजी र ६८ उद्योग नवीकरण भएको पर्यटन तथा उद्योग कार्यालय लमजुङका प्रमुख मिताकुमारी थापाले जानकारी दिइन । थापाका अनुसार गत साउनमा वाणिज्य तर्फ भने १८ नयाँ फर्म दर्ता, ८१ वटा नविकरण १३ वटा खारेजी भएका छन् । उद्योग, वाणिज्य दर्ता नवीकरण तथा खारेजी लगायत कार्यालयबाट प्रवाह हुने सेवा मार्फत एक महिनाको अवधिमा ३ लाख ५१ हजार सात सय ५२ रुपैयाँ राजश्व संकलन भएको कार्यालय प्रमुख थापाले जानकारी दिइन् ।
कार्यालयको तथ्यांक अनुसार गएको आर्थिक वर्ष २०७९/०८० मा २ सय ९१ उद्योग दर्ता भएका थिए । विगत चार वर्षको उद्योग दर्ता संख्या हेर्ने हो भने गत वर्ष उद्योग दर्तामा कमी आएको छ । कार्यालयमा आर्थिक वर्ष ०७६/०७७ मा ६ सय ६९, ०७७/०७८ मा ९ सय ७० र अघिल्लो आर्थिक वर्ष ०७८/०७९ मा ६ सय ८८ उद्योग दर्ता भएका थिए ।
वाणिज्य तर्फ भने ०७७/०७८ मा ६४०, ०७८/०७९ मा ४ सय १० र गएको आर्थिक वर्ष ०७९/०८० मा २ सय ८ फर्म दर्ता भएका थिए ।

अन्तर्राष्ट्रिय स्तरको फाइबर सिमेन्ट बोर्ड उत्पादन तथा बिक्री वितरण आजैबाट सुरु

चियापारखीको रोजाइ ‘पोखरेलको मट्का चिया’

भरतपुरको विकास चोकमा कजारियाको नयाँ सोरुम उद्घाटन

‘चुज मी’ को दोस्रो शाखा काठमाडौँमा सञ्चालनमा

सरकार र उद्योगीबीच ग्यासको मूल्य बढाउने सहमति

बाँस सम्मेलनमा बाँसका सामग्रीहरू (तस्वीरहरू)

बास्किन रोबिन्सले गर्यो वसन्तपुरमा ३४औँ शाखाको उद्घाटन

प्रतिक्रिया