आइतबार २५ जेठ, २०८२
Sunday, June 08, 2025

काठमाडौँ  महानगरका ५० प्रतिशत सहकारीले बुझाउँदैनन् विवरण

फाइल फोटो

काठमाडौँ - काठमाडौँ महानगरपालिकाभित्र सञ्चालित सहकारीमध्ये ५० प्रतिशतले मात्रै वार्षिक विवरण पेस गर्ने गरेका छन् । हाल कामपामा एक हजार नौ सय ५३ सहकारी  सञ्चालनमा  छन् । जसमध्ये नौ सय ५५ ले मात्रै नियमितरूपमा वर्षिक विवरण पेस गरेका कामपाले जनाएको छ ।

कामपा सहकारी विभागका प्रमुख बलराम त्रिपाठीले सञ्चालनमा रहेका ५० प्रतिशतले मात्रै विवरण पेस गर्ने गरेकाले विवरण पेस नगर्नेका लागि अनुगमन गरी कारबाहीको दायरामा ल्याउने तयारी भइरहेको जानकारी दिए । “अब नियमित अनुगमन गर्ने र अनुगमनका क्रममा विवरण नबुझाउनेलाई नियमित काम कारबाहीमा रोक लगाउने तथा अनुमति खारेज गर्ने तयारी गरेका छौँ”, उनले भने । 

प्रमुख त्रिपाठीका अनुसार विवरण पेस गर्नका लागि विभागले दिएको पटकपटकको सूचनालाई बेवास्ता गरेपछि अनुगमन गरी कारबाही गर्ने तयारी गरिएको हो । “नियमानुसार प्रत्येक सहकारीले एक वर्षभरि के गरे र के गर्दैछन् भन्ने विषयमा जानकारी गराउनुपर्ने हुन्छ”, उनले भने, “कामपाको भित्री वडामा सहकारीको सङ्ख्या बढी रहेकाले उक्त स्थानमा समस्या बढी देखिएका छन् ।”

हाल कामपामा सहकारी संस्थाको वार्षिक रू एक खर्बको कारोबार रहेको अनुमान गरिएको प्रमुख त्रिपाठीले बताए । उनका अनुसार सहकारीले ठगी गरेको उजुरी पनि प्रशस्तै आउने गरेका छन् ।

पाँच वर्षको अवधिमा कामपाका दुई सय २४ सहकारीमा छ हजार उजुरी परेको प्रमुख त्रिपाठीले बताउनुभयो । “यसरी उजुरी गर्नेमा बचतकर्ता र सर्वसाधारण रहेका छन्”, उनले भने, “उजुरीहरुमा सहकारीले भाडा नतिरेको, बचत रकम फिर्ता नगरेको, केहीले कमचारीलाई तलब नदिएको लगायत छन् ।”

संवैधानिक व्यवस्थाअनुसार विसं २०७५ साउन १ गतेदेखि देशका सबै डिभिजन सहकारी कार्यालय खारेजी भई सम्बन्धित स्थानीय तहले सहकारी नियमन र अनुगमन गर्नुपर्ने व्यवस्था छ । सहकारी स्थानीय तहलाई हस्तान्तरण हुनुअघि विसं २०७४ मा नै कामपाले सहकारी ऐन जारी गरिसकेको थियो । कामपामा सोही ऐनअनुरुप सहकारी सञ्चालन भइरहेका छन् । रासस
(((

ग्लोबल आइएमई बैंकद्वारा विश्व वातावरण दिवसको अवसरमा देश व्यापीरुपमा वृहत् बृक्षारोपण कार्यक्रम आयोजना

ग्लोबल आइएमई बैंकद्वारा विश्व वातावरण दिवसको अवसरमा देश व्यापीरुपमा वृहत् बृक्…

नबिल बैंकको सिइओमा मनोज कुमार ज्ञवाली नियुक्त

नबिल बैंकको सिइओमा मनोज कुमार ज्ञवाली नियुक्त

ज्योति विकास बैंकद्वारा घर्तिगाउँ रोल्पामा बेबी वार्मर प्रदान

ज्योति विकास बैंकद्वारा घर्तिगाउँ रोल्पामा बेबी वार्मर प्रदान

ग्लोबल आइएमई बैंकद्वारा टोखा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा वृक्षारोपण

ग्लोबल आइएमई बैंकद्वारा टोखा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा वृक्षारो…

कामना सेवा विकास बैंक एनपिएस–नेसनल कार्ड स्विच तथा नेपाल पे कार्डमा आवद्ध

कामना सेवा विकास बैंक एनपिएस–नेसनल कार्ड स्विच तथा नेपाल पे कार्डमा आवद्ध

लक्ष्मी सनराइज बैंक एनपिएस–नेशनल कार्ड स्वीच तथा नेपाल पेमा आवद्ध

लक्ष्मी सनराइज बैंक एनपिएस–नेशनल कार्ड स्वीच तथा नेपाल पेमा आवद्ध

एनएमबि बैंकको अगुवाइमा लाप्चे तामाकोशी र चेपे जलविद्युत्‌ आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा लाप्चे तामाकोशी र चेपे जलविद्युत्‌ आयोजनाको वित्तीय व्…

एनएमबि बैंकको अगुवाइमा बज्र मादी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा बज्र मादी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन