सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता नलिने एमाले संसदीय दलको निर्णय
आफ्नै नेतृत्वमा सरकार बनाउन दलहरूसँग छलफल गर्ने
धनगढी : नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले माओवादी केन्द्र नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ । आज भएको संसदीय दलको बैठकले कोभिड महामारीका बेला तत्काल वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको एमाले सांसद अमर साउँदले जानकारी दिए । उनकाअनुसार भविष्यमा आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउन अन्य दलहरूसँग छलफल अघि बढाउने निर्णयसमेत बैठकले गरेको छ ।
एमाले स्थायी कमिटीको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । त्यसपछि एमालेका तीन जना मन्त्रीलाई सरकारबाट राजीनामा दिन २४ घण्टे निर्देशन जारी भएको थियो । ५२ सदस्यीय प्रदेशसभामा एमालेका २५ जना प्रदेशसभा सदस्य छ्न् ।

समावेशी शिक्षण विधि अपनाएपछि...
थारु समुदायको मौलिक पर्व ‘गुरही’ आज मनाइँदै

थारु समुदायको मौलिक पहिचान छतरी हराउँदै

खडेरीले रोपेको धान सुक्न थाल्यो

‘डिडिसीले गत मङ्सिरदेखि सङ्कलन गरेको दूधको भुक्तानी किसानलाई गर्न सकेन’

बाजुरा जीप दुर्घटना अपडेटः मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

जीप दुर्घटनामा दुई जनाको मृत्यु

प्रतिक्रिया