कर्ण थापा भन्छन्, सुदूरपश्चिममा पार्टीको निर्णय नमान्नेलाई कारबाही गर्छौं

धनगढी: नेकपा एमाले सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापाले केन्द्रको निर्णय नमान्ने प्रदेश सांसदलाई कारबाही गर्ने चेतावनी दिएका छन् । एमाले स्थायी समितिले गरेको निर्णयविपरीत सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता नलिने प्रदेश संसदीय दलले निर्णय गरेपछि केन्द्रको निर्णय नमान्नेलाई पार्टीको साधारण सदस्यबाटै निस्कासनसम्मको कारबाही गर्ने चेतावनी थापाले दिएका हुन् ।
‘एमाले स्थायी कमिटीको बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो,’ इकागजसँग उनले भने, ‘तीन जनामन्त्रीलाई राजीनामा दिन पनि निर्देशन भइसकेको थियो । निर्देशनविपरीत निर्णय गरेको भन्ने सुन्नमा आएको छ । अब कारबाही प्रक्रिया अघि बढाउँछौं ।’ एमाले स्थायी समितिको निर्णयविपरीत आज बसेको संसदीय दलको बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको थियो ।
सुदूरपश्चिम सरकारमा एमालेका तीन जना मन्त्री छन् । सुदूरपश्चिम प्रदेश सरकारमा एमालेका तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाह, सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र उद्योग वन तथा वातावरण मन्त्रीमा माया भट्ट छन् । आन्तरिक मामिला तथा कानुनमन्त्री शाहलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ ।
अध्यक्ष थापाका अनुसार गत चैत १५ गते नै नेकपा एमालेको प्रदेश कमिटी बैठकले पनि प्रदेश सरकारबाट एमाले बाहिरिने निर्णय गरेको थियो । प्रदेशसभामा एमालेका २५ जना प्रदेशसभा सदस्य छ्न । उनीहरूमध्ये सभामुखबाहेक माधव नेपाल पक्षका १८ जना र प्रधानमन्त्री केपी शर्मा ओली पक्षका ६ जना छ्न ।
एमाले संसदीय दलको बैठकले सरकारबाट फिर्ता नहुने निर्णय गरेपछि तत्कालका लागि माओवादी नेतृत्वको सरकार जोगिएको छ । बुधबार बसेको एमाले सुदूरपश्चिम संसदीय दलको बैठकले स्थायी कमिटीलाई चुनौती दिदै तत्काल सरकारबाट फिर्ता नहुने निर्णय गरेको थियो । बैठकले भविष्यमा आफ्मै नेतृत्वमा सरकार बनाउन अन्य दलहरूसंग छलफल गर्ने पनि निर्णय गरेको छ ।

समावेशी शिक्षण विधि अपनाएपछि...
थारु समुदायको मौलिक पर्व ‘गुरही’ आज मनाइँदै

थारु समुदायको मौलिक पहिचान छतरी हराउँदै

खडेरीले रोपेको धान सुक्न थाल्यो

‘डिडिसीले गत मङ्सिरदेखि सङ्कलन गरेको दूधको भुक्तानी किसानलाई गर्न सकेन’

बाजुरा जीप दुर्घटना अपडेटः मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

जीप दुर्घटनामा दुई जनाको मृत्यु

प्रतिक्रिया