राठीकोल र आइडिया नेपालबीच सम्झौता

काठमाडौँ- राठी एडेसिभ प्राली र इन्टेरियर डिजाइनर एसोसियसन नेपाल (आइडिया नेपाल) बीच नेपाली बजारमा विभिन्न क्रियाकलापमा सहकार्य गर्ने सम्झौता भएको छ । शुक्रबार काठमाडौँमा एक कार्यक्रम आयोजना गरी दुवै संस्थाबीच नेपाली राठीको उत्पादनलाई बजारमा पुर्याइ प्रोत्साहन गर्न उक्त सम्झौता गरिएको हो।
राठीका प्रमुख योगेश राठीले दुवै कम्पनीको उत्पादन नेपाली बजारमा पुर्याएर काम गर्ने भएकाले सम्झौता गरिएको बताए ।
‘राठीले विदेशी उत्पादनलाई कम गर्दै नेपाली उत्पादनलाई प्रोत्साहन गर्दै लैजाने हिसाबले विगत ३५ वर्षदेखि एडेसिभ उत्पादनहरू गरिरहेको छ’, सम्झौता कार्यक्रममा उनले भने, ‘ हामीले देशको बढ्दो व्यापार घाटा घटाउने आइडिया नेपालसँग सहकार्य गरेका हौं।राठीकोल नेपालको उत्कृष्ट ब्राण्ड हो। यसलाई अझ उचाइमा पुर्यातउने हाम्रो साझा लक्ष्य हो। ‘
आइडिया नेपालका अध्यक्ष श्याम श्रेष्ठले राठीकोलका उत्पादनहरू कम्पनीले भनेअनुसार उच्च गुणस्तरको रहेकोले आफूले सहकार्य गर्ने निर्णय गरेको बताए ।
‘राठीले इन्टेनियर डिजाइनलाई सुलभ मूल्यमा अन्तराष्ट्रिय गुणस्तरको उत्पादनहरू देशैभरी आफ्ना बिक्रेताहरू मार्फत उपलब्ध गराउनेछ’, श्रेष्ठले भने, ‘नेपालमै बनेका इन्टेरियर सामाग्रीहरूलाई प्रोत्साहन गरी नेपाली उत्पादनलाई बढवा दिने कार्य हाम्रो कम्पनिबाट हुनेछ।‘

बिराटनगर किंग्सद्वारा हायात सेन्ट्रिकसँग आगामी सिजनको लागि पुन: सहकार्य

जेडटीईका स्मार्टफोनहरू अब शून्य प्रतिशत ब्याजमा

स्मार्टफोन शाओमी १४टी को मूल्य घट्यो, अबको मूल्य कति ?

नेपालमा दुई नयाँ ट्याब्लेट, शाओमी प्याड ७ र रेड्मी प्याड २ को प्रि बुकिङ खुल्ला

एचएमडी क्रेस्ट म्याक्स फाइभजी नेपाली बजारमा, के-के छ सुविधा ?

एप्पलले चीनबाट उत्पादन बन्द गर्ने, अब अमेरिकामा बोकिने आइफोनमा लेखिनेछ 'मेड …

पकेटमा रकेट : रेडमी ए५ नेपालमा सार्वजनिक, के-के छ विशेषता ?

प्रतिक्रिया