चिनियाँ राजदूतलाई फिर्ता पठाउन लोसपाको माग

जनकपुरधाम- सत्ता गठबन्धनका घटक दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले गैर कूटनैतिक अभिव्यक्ति दिएको भन्दै नेपालले चिनियाँ राजदूत छन् सोङलाई फिर्ता पठाउन माग गरेकाे छ ।
शुक्रबार जनकपुरधाम उपमहानगरमा लोसपाका अगुवा कार्यकर्ताहरूले चीनविरुद्ध विरोध प्रदर्शन गर्दै चिनियाँ राजदूतलाई फिर्ता पठाउन माग गरेका हुन् । चीनविरुद्धको विरोध जुलुस उपमहानगरको नगर परिक्रमा गर्दै जनक चोकमा पुगी कोणसभामा परिणत भएको थियो ।
लोसपा मधेश प्रदेशका अध्यक्ष समेत रहेका सोनलले नेपाल–भारतको सांस्कृतिक आर्थिक सम्बन्ध लगायतको विषयमा चिनियाँ राजदूत सोङले गरेको टिप्पणी कूटनीति मर्यादाविपरीत रहेको टिप्पणी गर्दै एउटा सार्वभौमसत्ता सम्पन्न मुलुकको बारेमा यस्तो अभिव्यक्ति दिनु हेपाहा प्रवृत्ति रहेकाले घोर भर्त्सनायोग्य रहेको बताए ।
कोण सभालाई सम्बोधन गर्दै मधेश प्रदेश सरकारका पूर्वमन्त्रीसमेत रहेका लोसपा मधेश प्रदेश अध्यक्ष सोनलले राजदूत सोङलाई अविलम्ब स्पष्टीकरण सोध्नुपर्ने भन्दै सम्बन्धित निकायले चीन सरकारसँग पहल गरी राजदूत सोङलाई नसिहत दिई अविलम्ब फिर्ता पठाउन सरकारसँग माग गरे ।
यस्तै पूर्व प्रदेश सांसद परमेश्वर साहले भने, 'विदेशी राजदूतले सार्वभौम सम्पन्न गौरवशाली इतिहास बोकेको राज्य नेपालको अखण्डता र स्वतन्त्रताको गरिमामाथि हस्तक्षेपकारी अभिव्यक्ति दिएकाले यस्ता राजदूतलाई अविलम्ब फिर्ता पठाउनुपर्छ ।'
यसैबीच लोसपाको विद्यार्थी संगठन लोकतान्त्रिक विद्यार्थी संघले चिनिया राजदूतको अभिव्यक्ति नेपालको आन्तरिक मामिलामा हस्तक्षेप रहेको बताएको छ । संघका अध्यक्ष रोशनकुमार मिश्रले एक विज्ञप्ति जारी गर्दै चिनियाँ राजदूतको अभिव्यक्ति नेपालको अखण्डतामाथि प्रहार गरेकाले उनलाई फिर्ता पठाउन माग गरेका हुन् । उनले जारी गरेको विज्ञप्तिमा चिनियाँ हस्तक्षेप हामीलाई स्वीकार्य नरहेको बताएका छन् ।

प्रदेश सरकारले ‘सिटी स्क्यान’ उपलब्ध गराउने

प्रहरीलाई गालीगलौज गर्ने जसपाका मधेश प्रदेश अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी जा…

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

मटिहानी नगरभित्रका सडक कालोपत्र गरिँदै

करेन्ट लागेर सोनारको मृत्यु

स्रोत नखुलेको २८ लाखसहित तीन जना पक्राउ

सिरहामा शकांस्पद मृत्यु प्रकरण : श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

प्रतिक्रिया