बाग्मतीमा प्रदेश सभा बैठक अघि सर्वदलीय बैठक बस्दै

हेटौडा । बागमती प्रदेशसभा बैठक सञ्चालनका लागि सर्वदलीय बैठक आह्वान गरिएको छ । आइतबारका लागि बोलाइएको प्रदेशसभा बैठक चल्ने अवस्था नदेखे पछि प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले सर्वदलीय बैठक बोलाएका हुन् ।
सभामुख पाठकले बोलाएको सर्वदलीय बैठक आइतबार बिहान १० बजे बस्नेछ । साे बैठक प्रदेश सचिवालय भवनमा बाेलाइएकाे छ । गत भदौ १८ गतेदेखि बैठक बस्न नसकी तीन तीन पटक सारिएको छ ।
उक्त बैठकमा सहमति कायम गरी पूर्वनिर्धारित कार्यक्रम अनुसार बिहान ११ बजेदेखि प्रदेश सभा बैठक सुचारू गर्ने योजना रहेको छ ।
चालू आर्थिक वर्ष २०८०-८१ को बजेट पारित गर्दाको समयमा प्रतिपक्षी दलहरूसँग गरेको सहमति सरकारले कार्यान्वयन नगरे पछि प्रदेशसभा सञ्चालनमा एमाले र राप्रपाले असहमति जाहेर गर्दै आइरहेका छन । सो बेला भएको सहमति कार्यान्वयन नभएसम्म बैठक चल्न नदिने चेतावनी दिएसँगै बैठक प्रभावित बनेको सभामुखको सचिवालयले जनाएको छ ।

झौखेलका पाँच खानेपानी उद्योगलाई प्रतिबन्ध

सडक दुर्घटना कम गर्न सडक सङ्केत राख्दै काठमाडौँ महानगर

गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधन

गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

नक्कली नोटसहित दुई जना पक्राउ

दिदीबहिनी मृत फेला

चितवन राष्ट्रिय निकुञ्ज : वन्यजन्तुको आक्रमणबाट एक वर्षमा ११ जनाको मृत्यु

प्रतिक्रिया