एनआरएनएमा जुटेन सहमति, शेष घले पक्षधरले गरे अलग्गै महाधिवेशन गर्ने घोषणा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) पुनः विभाजित अवस्थामा पुगेको छ । संस्थापन पक्षधरसँग असन्तुष्ट रहँदै आएको विनोद कुँवर पक्षले छुट्टै महाधिवेशन गर्ने जनाएपछि एनआरएनए पुनः विभाजनको दिसातर्फ गएको हो ।
संस्थापन पक्षले एकताको सहमतिअनुसार कार्यान्वयन गर्न नमानेको निष्कर्ष निकाल्दै कुँवर नेतृत्वको एनआरएनएले छुट्टै महाधिवेशन गर्ने निर्णय गरेको जनाईएको छ ।
शनिबार कुँवरको सभापतित्व तथा पूर्व प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष शेष घलेको प्रमुख आतिथ्यतामा सम्पन्न संघको विशेष साधारणसभाले आगामी मार्चभित्र महाधिवेशन गर्ने निर्णय गरेको हो ।
जसअनुसार गत जुलाईसम्म सम्पन्न गर्नुपर्ने राष्ट्रिय महाधिवेशन नोभेम्बरसम्म पछि सार्न गरिएको प्रस्ताव सभाबाट पारितसमेत भएको छ।
साथै, संघको ११ औं अन्तराष्ट्रिय महाधिवेशन मार्च भन्दा पहिले सम्पन्न गर्ने गरी परिषद बैठकले निर्णय गर्ने गरी प्रस्ताव पनि पारित भएको अध्यक्ष कुँवरले जानकारी दिएका छन ।

तरुण दलको महाधिवेशन मङ्सिर २६ देखि २८ गतेसम्म हुने

पशु कल्याण ऐन चाँडै ल्याउने सरकारको प्रतिबद्धता

एकीकृत समाजवादीद्वारा नेत्री झाँक्रीलाई स्पष्टीकरण
पूर्वराष्ट्रपति भण्डारीले सुरक्षाकर्मीको मात्र सुविधा लिने घोषणा

देशलाई अगाडि बढाउन नयाँ चरणको आन्दोलनको तयारी भइरहेको छः अध्यक्ष लिङ्देन

नेकपा माओवादी केन्द्रले भन्योः वर्तमान गठबन्धनको सरकार धेरै दिन टिक्दैन
विद्या भण्डारीले गरिन् सरकारी सेवा सुविधा परित्याग

प्रतिक्रिया