हेटौंडामा विपीको अर्थकदको प्रतिमा अनावरण

मकवानपुर - नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले मकवानपुरको हेटौंडा ११ मा स्थापित विपी बाटिकामा निर्माण गरिएको प्रतिमा अनावरण गरेका छन्।
नेपाली कांग्रेसका संस्थापक एंव पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको ११० औं जन्मजयन्तीमा हेटौंडामा अर्थकदको प्रतिमा अनावरण गरिएको छ ।
विपी विचार समाज मकवानपुरको आयोजनामा गरिएको उक्त कार्यक्रममा नेता कोइरालाले विपीद्धार उद्घाटन गर्नुका साथै बाटिका परिसरमा वृक्षारोपण समेत गरेका थिए ।
समाजका अध्यक्ष विनोदचन्द्र कोइरालाको सभाध्यक्षता तथा नेता शेखर कोइरालाको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा कांग्रेस बागमती प्रदेश सभापति तथा प्रदेश सभा सदस्य ईन्द्र बहादुर बानियाँसहित प्रदेश सभाका सदस्यहरु, जिल्ला सभापति बुद्ध लामालगायत मकवानपुरका कांग्रेस नेता तथा कांग्रेसजनहरुको सहभागिता रहेको थियो ।
दुर्गा मन्दिर परिसरमा रहेको विपी बाटिकामा विपीको अर्थकदको प्रतिमा राखिएको हो । बागमती प्रदेश सरकारले बाटिका निर्माण, प्रवेशद्धार निर्माण र अर्थकदको प्रतिमा निर्माणका लागि दुई चरणमा गरि २२ लाख रुपैयाँ दिएको समाजका अध्यक्ष विनोदचन्द्र कोइरालाले बताए ।
कोइरालाले हेटौंडामा कार्यकर्तालाई प्रशिक्षणात्मक मन्तव्य समेत दिएका छन् ।

झौखेलका पाँच खानेपानी उद्योगलाई प्रतिबन्ध

सडक दुर्घटना कम गर्न सडक सङ्केत राख्दै काठमाडौँ महानगर

गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधन

गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

नक्कली नोटसहित दुई जना पक्राउ

दिदीबहिनी मृत फेला

चितवन राष्ट्रिय निकुञ्ज : वन्यजन्तुको आक्रमणबाट एक वर्षमा ११ जनाको मृत्यु

प्रतिक्रिया