सुशासनको पक्षमा सुरु गरेको मोर्चाको अभियान केहीलाई मन परेको छैन : प्रधानमन्त्री

मकवानपुर - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक न्याय, समृद्दि, सुशासनको पक्षमा सुरु गरेको मोर्चाको नयाँ अभियान आम नेपालीलाई मन परेको तर केहीलाई मन नपरेको दाबी गरेका छन् । मकवानपुरको हेटौंडामा आज मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै प्रम दाहालले यस्तो बताएका हुन् ।
ूहिजो जनआन्दोलन मार्फत संघीयता, लोकतन्त्र र गणतन्त्रको लागि लडिरहने पार्टीहरुको हाल मोर्चा मार्फत नै एकता रहेको छ, यो गणतन्त्र र लोकतन्त्रलाइ समाजवादतर्फ उन्मुख गराएर अघि बढाउनु पर्ने देखिन्छू उनले भने ।
कम्युनिष्टहरु आमबुझाइ अनुसार विभाजित मात्र हुन्छन भन्ने मात्र होइन आवश्यकता पर्दा साझा दुष्मन र साझा लक्ष्यका लागि ऐक्यबद्ध भएर समेत लाग्ने उनले बताए । प्रम दाहालले मोर्चा चार दलको मात्र होइन परिवर्तनका लागि समाजवादतर्फ उन्मुख सम्पुर्ण जनताको रहेको बताए ।
प्रम दाहालले क्रान्तिकारीको त्याग र र बलीदानबाट प्राप्त उपलब्धिको धज्जी उडाउने काम हुनाले प्रतिक्रान्तिको माध्यमबाट परास्त्र गर्न आवश्यक रहेको बताए ।
मोर्चामा आफ्नो नेतृत्वप्रति खुल्दै उनले भने ूमैले कहिलेसम्म नेतृत्व गर्छु भन्ने थाहा छैन,तर यो बिचमा भ्रष्टाचारको उन्मुलनको लागि समाजमा सुशासन कायम राख्न, न्यायपुर्ण समाज निर्माण गर्न सरकार प्रतिबद्द रहनेछु ।ू
उनले जलवायु परिवर्तनले दक्षिण एशियामा धेरै प्रभाव पारेको, संयुक्त राष्ट्र संघको वैठकमा नेपालको गरिबी, जलवायुले पारेको प्रभावका सम्बन्धमा कुरा उठाउने बताए ।

जलवायु परिवर्तन अब सुदूरको खतरा रहेन : प्रधानमन्त्री ओली

हिमालदेखि महासागरसम्मको सोच जरुरी : प्रधानमन्त्री ओली

पहिलो पटक राष्ट्रपतिबाट हजयात्रीको बिदाई

कांग्रेस संसदीय दलको बैठक शनिबार

आतङ्कवादी आक्रमणमा परेका नेपालीका परिवारलाई सधैँ सहयोग गर्छौं : इजरायली राज…

प्रतिनिधिसभाको बैठक बस्दै, अर्थमन्त्री पौडेलले जवाफ दिने

आजदेखि ‘सगरमाथा संवाद’ : १७५ विदेशी पाहुना काठमाडौँमा

प्रतिक्रिया