ललिता निवास जग्गा प्रकरणः पक्राउ परेका सबैलाई धरौटीमा छाड्न आदेश
भाटभटेनीका सञ्चालकलाई २ करोड ४६ लाख धरौटी माग

काठमाडौं - ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा छाड्ने आदेश दिएको छ । अदालतले एक जनाबाहेक सबैलाई घरौटीमा छाड्न आदेश दिएको हो ।
न्यायाधीश भोलानाथ ढकालको इजलासले आज केशव तुलाधरबाहेक सबै आरोपितलाई धरौटीमा छाड्ने आदेश दिएको छ । तुलाधरलाई भने सामान्य तारेखमा छाड्न आदेश दिएको छ ।
बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले सरकारी कागजात किर्ते आरोपमा मुद्दा चलाएको थियो ।
यसैबीच यसै प्रकरणमा पक्राउ परेका व्यवसायी भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङलाई २ करोड ४६ लाख धरौटी माग गरेको छ ।

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया