मंगलबार १७ असार, २०८२
Tuesday, July 01, 2025

दुई करोड ४६ लाख धरौटी बुझाएर रिहा भए मीनबहादुर गुरुङ

फाइल फोटो

काठमाडौं - ललितानिवास प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपर मार्केका मालिक मीनबहादुर गुरुङ धरौटी रकम बुझाएर रिहा भएका छन्।

 उनलाई जिल्ला अदालत काठमाडौंले आइतबारै दुई करोड ४६ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएकोमा अदालतले मागेको धरौटी रकम जम्मा गरेर उनी आइतबार साँझ रिहा भएका हुन्। 

जिल्ला अदालत आइतबार यो प्रकरणमा पक्राउ परेका १७ जनालाई धरौटीमा र एक जनालाई साधारण तारेखमा छाड्न आदेश दिएको थियो।​

सीआईबीले अनुसन्धान गरेपछि जिल्ला सरकारी वकिल कार्यालयले किर्ते कसुरमा उनीहरूमाथि मुद्दा चलाएको थियो।