२९५ एम्पुल लागूऔषध डाईजेपामसहित एक पक्राउ

मकवानपुर - जिल्ला प्रहरी कार्यालय मकवानपुरले २९५ एम्पुल लागूऔषध डाईजेपाम सहित १ जनालाई नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला मकवानपुर हेटौडा १५ चुरियामाई स्थित सडकमा सवारी साधनहरु रोकी चेकजांच गर्ने क्रममा बिरगंजबाट हेटौडा तर्फ आउंदै गरेको बा प्र ०३९००१ ख ०३०५ नं को यात्रुबाहक माइक्रो बसमा सवार जिल्ला पर्सा पोखरिया नगरपालिका वडा ९ पोखरिया बस्ने बर्ष २३ को जुगेश्वर राउत कुर्मीलाई नियन्त्रणमा लिएको हो ।
कुर्मीको साथमा लुकाइ ल्याएको औषधि डाईजेपाम १०० एम्पुल, फेनार्गन ८६ एम्पुल र नुफिन ९९ एम्पुल बरामद गरेको छ ।
कुर्मीलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

झौखेलका पाँच खानेपानी उद्योगलाई प्रतिबन्ध

सडक दुर्घटना कम गर्न सडक सङ्केत राख्दै काठमाडौँ महानगर

गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधन

गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

नक्कली नोटसहित दुई जना पक्राउ

दिदीबहिनी मृत फेला

चितवन राष्ट्रिय निकुञ्ज : वन्यजन्तुको आक्रमणबाट एक वर्षमा ११ जनाको मृत्यु

प्रतिक्रिया